सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणसंगै मतदान केन्द्र निर्माण गरी सकियो

१३ असार २०७४, मंगलवार १९:०७
 

सपना विष्ट / सदरलाइन
१३ असार, नेपालगन्ज : असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्लाका आठवटै स्थानीय तहमा आवश्यक पर्ने सम्पूर्ण सामाग्री, मतपत्र, मतदाता परिचय पत्र सहित कर्मचारी पुगेर आफ्नो काम सुरु गरीसकेको जानकारी दिए । सबै मतदान केन्द्रमा खटेका कर्मचारीले आ–आफ्नो मतदान केन्द्रमा आवश्यक पर्ने पूर्वाधार समेत निर्माण गरि सकेको बताए ।
बाँकेको १ सय ३६ स्थानमा २ सय ९५ मतदान केन्द्र रहेका छन् प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारी र ३ जना स्वयम सेवक खटेका छन् । ‘सबै मतदान केन्द्रमा परिचय पत्र वितरण कार्य सुचारु रहदै सबै मतदान केन्द्रको भौतिक पूर्वाधार मतदाता आउने जाने र मत जाहेर गर्ने स्थान तयार गर्दै रहेका छन्’– मुख्य निर्वाचन अधिकृत पौडेलले भने ।
उनले सबै निर्वाचन केन्द्रमा खटेका कर्मचारीहरुले मतदाता परिचय पत्र लगभग ५० प्रतिशत भन्दा बढी बितरण गरीसकेको र सोमबार दिनभरी गरी बाँकी पनि बितरण गर्ने योजना रहेको बताए । यसैगरी मतदान केन्द्रको निर्माण मंगलबार साँझ सबै पुरा हुने र विहीबार विहानदेखि मतदान कार्य सूचारु गर्ने गरी तयारी अवस्थामा रहने जानकारी दिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘चाँडो नतिजा दिने गरी तयारी गरिएको छ’

१३ असार २०७४, मंगलवार १९:०७
सदरलाइनडटकम  १३ असार नेपालगन्ज :  बाँकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न भएको कम्तिमा दुई दिनभित्रै सम्पूर्ण स्थानीय तहको मतगणना कार्य सक्ने गरी व्यवस्थापन गरिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बाँकेको सबै स्थानीय तहमा मतगणना गर्दा एकै पटक धेरै स्थानमा गणना गर्ने तयारी गरिएको जानकारी दिए । […]