सुशासन विकास र समृद्धिको लागि पहल गर्ने लमही नगरपालिकाका उम्मेदवार चौधरीको प्रतिबद्धता

११ असार २०७४, आईतवार १०:२७
 

सदरलाइनडटकम 
११ असार, लमही (दाङ्ग) : नेपाली काँग्रेसबाट लमही नगरपालिकाको मेयरका प्रत्याशी जोगराज चौधरीले आफुले जितेमा लमही नगरपालिकालाई पाँच नं. प्रदेश कै नमूना नगर बनाउने बताएका छन् । उनले सुशासन। विकास र समृद्धिको लागि आफु प्रतिबद्ध रहने प्रतिबद्धता समेत जनाएका छन् ।
आफ्नो चुनाबी प्रतिबद्धता र घोषणपत्र सहित जनताको घरदैलोमा व्यस्त रहेका ७० वर्षिय मेयरका प्रत्यासी चौधरी अहिले पनि उनको जोश र जाँगर कुनै युवाको भन्दा कम छैन । जनताको सेवा र विकासको मोडेल जीवनका धेरै वसन्त दाङ्गका तत्तकालिन जिल्ला सभापति स्व. खिमबहादुर शाहसंगको सामिप्यमा विताएका चौधरी पञ्चायत काल मै प्रधानपञ्च समेत भएर जनताको सेवा गरि सकेको बताउछन् ।
सबैलाई समान व्यवहार गर्ने मेयरका प्रत्याशी चौधरीले आफुले जितेमा लमहीमा दामोदर रोड भनेर प्रख्यात रहेको सडकलाई रिङ्गरोडमा रुपान्त्रण गरी नगरबस चलाउने योजना सुनाए । युवाको लागि रोजगार, बैज्ञानिक र प्राविधिक शिक्षा नीति लिएर अघि बढ्ने उनको ईच्छा रहेको छ ।
तडक भडकबाट टाडै रहने सरल र नम्र स्वभावका चौधरीले समाजशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेका छन् । उनले आफुले जितेमा सामाजिक सुरक्षा भत्ता घर–घर मै पु¥याउने व्यवस्था मिलाउने गरी तयारी गरेको बताए । उनले लमहीमा रहेको अस्पतालको स्तरोन्नती गरी ५० बेडको बनाउने र प्रत्यक वडामा चिकित्सक सहितको स्वास्थ्य केन्द्र निर्माण गर्ने बताए ।
उनले आफ्नो नगरपालिका क्षेत्रमा राप्ती नदीले वर्षेनी कटानी गर्दै आएको र बढी पसेर घरबास नै उठाएकाहरुको अवस्था हेरेर तत्काल उनीहरुको बसोबास मिलाउै सम्भाब्य अध्ययन गरी लालपूर्जा दिने र उनीहरुको समस्याको दिर्घकालिन समस्या नदी कटानको समाधानको उपाय खेजिने बताए ।
उनले आफु जन प्रतिनिधि भएमा टोलटोलमा बाटोघाटो, शुद्ध खानेपानी, विजुली बत्तिको व्यवस्था गर्दै नदी र खोलाको कटान रोक्नको लागि दिर्घकालिन र अल्पकालिन योजना बनाएर अघि बढ्ने बताए ।
उनले बाँकेसंग सीमाना जोडिएको लमही नगरपालिकाको ९ वटै वडामा राप्ती नदीले वर्षेनी खेतियोग्य जमिनलाई बगर बनाउदै लगेकोले सबैको सहयोग र सल्लाहमा नगरपालिकाको तर्फबाट ठोस योजना ल्याईने प्रतिबद्धता व्यक्त गरेका
छन् । ‘विहानदेखि राती अबेरसम्म जनताको घरदैलोमा पुगेको छु । मैले जे गर्ने हो त्यो प्रतिबद्धता पत्रमा उल्लेख गरेको
छु । सबैले सजिलै भेटेर आफ्ना समस्या राख्न पाउने व्यवस्था गर्छृ भनेको छु । चारैतिरबाट राम्रै रेस्पोन्स पाएको छु’–उनले भने । 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ८ स्थानीय तहमा कसको कति अपेक्षा ?

११ असार २०७४, आईतवार १०:२७
 सदरलाइनडटकम ११, असार नेपालगन्ज : दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मौन अवधी सकिने अन्तिम दिन बाँकेका ८ वटै स्थानीय तहमा विभिन्न पार्टीहरुले आफ्नो प्रचार अभियान तिब्र पारेका छन् । बाँकेमा नेपालगन्ज उपमहानगरपालिका सहित १ नगरपालिका कोहलपुर र ६ वटा गाँउपालिका रहेका छन् । जिल्लामा जानकी गाँउपालिका, डुडुवा गाँउपालिका, नरैनापुर गाँउपालिका, […]