आठवटै स्थानीय तहमा आक्रामक प्रचार प्रसारमा बाँके कांग्रेस

८ असार २०७४, बिहीबार २०:२२
 

सदरलाइनडटकम
८ असार, नेपालगन्ज : नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले काँग्रेसले हारे मुलुकले हार्ने भएकाले स्थानीय तह निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । सुदूरपश्चिम जाने क्रममा बिहीबार नेपाली काँग्रेस कोहलपुर नगर समितिले रझेनामा गरेको चुनावी सभालाई सम्वोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले संबिधान कार्यान्वयनका लागि काँग्रेस बाहेक अर्को विकल्प नभएको बताएका हुन ।
‘काँग्रेस आश्वासन बाँड्ने पार्टी होइन, उनले भने–‘जे बोल्छ त्यो गरेर छाड्छ, कोहलपुरको बृह्तर विकासका लागि भानुभक्त भट्टराईले अघि सारेका एजेण्डा पूरा गराउन तपाईंको मतको आवश्यक छ ।’ कोहलपुर प्रदेश नम्वर ६ र ७ को प्रवेशद्वार रहेको भन्दै उनले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए ।
चुनावको मिति नजिकिएसँगै नेपाली काँग्रेस बाँकेले घरदैलो अभियानलाई थप सशक्त र प्रभावकारी बनाउँदै लगेको छ । नेपाली कँगे्रस बाँकेका तर्फबाट नेपालगन्ज उप–महानगरका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडिया, उपमेयर उम्मेदवार उमा थापामगर लगायत वडा अध्यक्ष, सदस्यसहितका उम्मेदवारले बिहीबार बजार क्षेत्रमा प्रचारप्रसार तीब्र पारे । विहान भेरी अञ्चल अस्पतालबाट शुरु प्रचार अभियानमा काँगे्रसका उम्मेदवारहरुले मतदातालाई भेट्दै काँगे्रसलाई जिताउन अपील गरेका छन् ।
नगर विकासको प्रतिवद्धता पत्रसहित त्रिवेणीमोडसम्म पुगेर मत मागे । यस्तै एकलैनी मोडमा भएको कोणसभालाई सम्वोधन गर्दै डा. कनोडियाले नगरको समग्र विकास गर्न मेयरमा प्रतिष्पर्धामा उत्रिएकाले मतदान गरेर अवसर प्रदान गर्न आग्रह गरे । आजै धम्बोझीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. कनोडियाल ‘समृद्ध नेपालगञ्ज बनाउने मेरो अठोट हो, तपाईंहरु मतदान गरेर मलाई जिताउनुहोस्, यहाँको मुहार नै फेरिनेछ ।’
जानकी गाउँपालिकामा पनि काँग्रेसले चुनावी अभियानलाई तीब्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ अस्वस्थ भएपछि उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादवको अगुवाईमा आज बखतपुरुवा गाउँमा घरदैलो गरिएको हो ।
खजुरा गाउँपालिकाकाको मनिकापुरमा सयौं कार्यकर्ताहरु घरदैलो अभियानमा सहभागी भएको जानकारी दिँदै प्रमुखका उम्मेदवार नक्कि खाँले खजुराको ‘क’ गाउँ, मनकामना, रनियापुर लगायतका ठाउँका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिएको बताए ।
राप्तीपारीको नरैनापुर गाउँपालिकामा पनि काँग्रेसले चुनावी अभियानलाई पनि जारी राख्यो । करिब १५ हजार मतदाता रहेको नरैनापुरमा अध्यक्षका उम्मेदवार रामचन्द्र मौर्य, उपाध्यक्षका उम्मेदवार अति कुन्जी साह लगायत काँग्रेसका सयौं कार्यकर्ता तथा नेताहरु सहभागी टोलीले आज वडा नम्वर ४ र ५ मा घरदैलो गरेको छ ।
काँग्रेसले राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरलाई केन्द्रित गरी केही दिनयता चुनावी प्रचारप्रसार तीब्र बनाएको छ । केही दिन देखि निरन्तर फत्तेपुरका विभिन्न गाउँहरुमा चुनावी सभा, घरदैलो जारी राखेको काँग्रेसले आज पनि चुनावी सभा ग¥यो । क्षेत्रीय सभापति माधवराम खत्रीका अनुसार फत्तेपुर सबैभन्दा ठूलो वडा रहेकाले सबै मतदातालाई सकेसम्म भेट्ने काम भइरहेको छ ।
गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लाहुराम थारुसहित काँग्रेसका जिल्लास्तरीय नेता समेत सहभागी चुनावी अभियानले काँग्रेसप्रति जनलहर बढेको छ ।
८ वटा वडा रहेको बैजनाथ गाउँपालिकामा आज आधा दर्जन गाउँमा चुनावीसभा, घरदैलो लगायतका कार्यक्रम गरिएको बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार देवबहादुर खत्री र उपाध्यक्ष उम्मेदवार भावना चौधरीले बताए । फत्तेनगर, हस्नापुर, बेलडाँडी, शक्तिनगर, सम्झना चोक लगाायतका गाउँमा घरदैलो तथा चुनावी सभा गरिएको हो । बैजनाथमा २५ हजार ६ सय ४० मतदाता छन् ।
डुडुवा गाउँपालिकामा पनि आज चुनावी सभा, घरदैलो गरिएको अध्यक्षका उम्मेदवार नरेन्द्र चौधरीले वताए । उनले काँग्रेसका जिल्लास्तरीय नेताहरुको सहभागितामा घरदैलो तथा चुनावीसभा गरिएको बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जलाई सफा र हरियाली शहर बनाउने एमालेको प्रतिबद्धता

८ असार २०७४, बिहीबार २०:२२
सदरलाइनडटकम  ८ असार, नेपालगन्ज : नेकपा एमालेका नेपालगन्ज उप–महानगरमा मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी र उपमेयरकी उम्मेदवार शान्ति ढकालले नेपालगन्जलाई सफा र हरियाली शहर बनाउने प्रतिबद्धता गरेका छन् । नेपालगन्जको १३ र १६ नम्बर वडाको घरदैलोका क्रममा एमालेका उम्मेदवारले त्यस्तो प्रतिबद्धता गरेका हुन् । नेपालगञ्जको फोहोर प्रमुख समस्या रहेकाले त्यसको […]