नेपालगन्जमा मुस्लिम छात्रा कलेजको प्रतिबद्धता सहित एमाले घरदैलोमा

६ असार २०७४, मंगलवार २०:१९
 

सदरलाइनडटकम
६ असार, नेपालगन्ज : नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी र उपमेयरकी उम्मेदवार शान्ति ढकालले नेपालगन्जमा मुस्लिम छात्राका लागि छुट्टै कलेज निर्माणको पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
मंगलबार वडा नम्बर १० र ११ को घरदैलो अभियानका क्रममा दुबै पदका उम्मेदवारहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनीहरुले उच्च शिक्षाबाट मुस्लिम किशोरीहरुलाई बन्चित नगराउन नेपालगन्जमा छुट्टै महिला कलेजको स्थापना जरुरी भएको बताएका छन् ।
एमालेका उम्मेदवारहरुले वडा नम्बर १० को गोसाई गाउ“, अन्नपूर्णटोल, ११ नम्बर वडाको ईदगाहा रोड, सदरलाइन, टांगा स्टेशन, पुरानो सृष्टि हल लाइनमा घरदैलो गरेका छन् । उम्मेदवारहरुले घरदैलोको क्रमा सूर्य चिन्हमा मत माग्नुका साथै भोट हाल्ने तरिका पनि सिकाएका थिए ।
कोहलपुरमा नगरपालिकाको ६ र ११ नम्बरमा घरदैलो गरिएको छ । राप्तीसोनारीले बालापुर, मोहनपुर र नया“ गाउ“ घरदैलो गरेको छ । बैजनाथ, जानकी, डुडुवा, नरैनापुर गाउ“पालिकामा उम्मेदवारहरुले घरदैलो र भेटघाट गरेका छन् ।
यता खजुरामा बुथ कमिटी गठन गरिएको छ । गाउंपालिकामा रहेका अधिकांश बुथमा बुथ कमिटी गठन भइसकेको भएपनि केही स्थानमा बांकी रहेका कारण बुथ कमिटी गठनलाई तिव्रता दिइएको प्रमुखका उम्मेदवार किस्मतकुमार कक्षपतिले जानकारी दिए । मंगलबार वडा नम्बर ७ को सोनपुरमा रहेका ३ वटै बुथमा कमिटी गठन गरिएको छ । सयौंको संख्यामा पार्टी कार्यकर्ता र समर्थकहरुको उपस्थितीमा सोनपुरको बैठवा, क्लनसन गाउ“ र गुणानामा बुथ कमिटी गठन भएको हो ।
३ वटै स्थानमा ५०/५० सदस्यीय बुथ कमिटी गठन गरिएको वडा अध्यक्षका उम्मेदवार अतिउल्ला खांले जानकारी दिए । कार्यक्रममा गाउ“पालिकाका ईन्चार्ज भद्रप्रसाद देवकोटा, किसान महासंघ बा“केका अध्यक्ष कर्णबहादुर खत्री लगायत उपस्थित थिए ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको विकास आफ्नो प्रमुख लक्ष : काँग्रेस प्रत्यासी भट्टराई

६ असार २०७४, मंगलवार २०:१९
सदरलाइनडटकम ६ असार कोहलपुर : कोहलपुर नगरपालिकाको नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुरको विकासको लागि कुनै कसर नराखिने बताएका छन् । उनले मंगलबार कोहलपुरको वडा नम्बर १३ सिमीरी गाँउको विकास र यस क्षेत्रमा डुडुवा नदिले बर्षाको समयमा धेरै नदि कटान तथा डुवानको समस्या हलगर्न तटबन्द गर्ने प्रमुख एजेन्डा […]