ढकेरीमा बस दुर्घटना हुँदा एकको मृत्यु २० घाइते

३ असार २०७४, शनिबार १४:४०
 

सदरलाइनडटकम
३ असार, नेपालगन्ज : बुटवलदेखि सुर्खेत जाँदै गरेको यात्रु बाहक बस बाँकेको ढकेरीमा दुर्घटनाहुँदा एकजनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन् । घाइते मध्ये ५ सिरियस रहेको जानकारीमा आएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायब उपरीक्षक सुरेश कुमार काफ्लेले दिएको जानकारी अनुसार शनिबार बिहान करिव साढे २ बजेतिर तीब्र गतिका कारण दुर्घटना हुँदा एक जनाको घटनस्थलमै ज्यान गएको छ ।
सोही घटनामा परी निलु अधिकारीको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
प्रहरी नायब उपरीक्षक काफ्लेले बस तीब्रगतिमा रहेको र सह–चालकले चलाएको अवस्थामा घटना घटेको प्रारम्भिक जानकारी आएको बताए । उनले बसका चालक प्रहरी नियन्त्रणमा रहको र प्रहरीले घटनाको अनुसंधान सुरु गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजपाका स्थानीय १६ नेताहरु पक्राउ

३ असार २०७४, शनिबार १४:४०
सदरलाइनडटकम ३ असार, नेपालगन्ज : शनिबार साँझ बाँकेमा लाठी जुलुस निकाल्दै गरेका राजपा नेपालका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  निर्वाचन बहिष्कार लगायतको आन्दोलनको कार्यक्रम अघि सार्दै लाठी जुलुस प्रदर्शन गर्ने क्रममा राजपा नेपालका १६ जना जिल्ला नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । त्रीभुवनचोक नजिकै रहेको पार्टी कार्यालयबाट […]