विपदमा बहादुरी देखाउने सात सुरक्षाकर्मी सम्मानित

२ असार २०७४, शुक्रबार १९:१६
 

सदरलाइनडटकम 
२ असार, नेपालगन्ज : विपदमा परेको बेला आफ्नो ज्यानको समेत प्रवाह नगरी उद्दार कार्यमा खटिएका सुरक्षा निकायका विभिन्न दर्जाका सात जनालाई एक समारोहका बीचमा सम्मान गरिएको छ ।
जिल्ला दैबी प्रकोप उद्दार समिति बाँके र जिल्ला सुरक्षा समिति बाँकेले नेपालगन्जको कर्मचारी मिलन केन्द्रमा विषेश कार्यक्रमको आयोजना गरेर गत जेठ १४ गतेको भिषण आगलागीमा ज्यानको समेत प्रवाह नगरी आगो नियन्त्रणमा खटिएका ६ जना र गत जेठ ३० गते तीन तलाबाट खस्दै गरेकी बालिकालाई जमिनमा खस्न नदिएर बचाउने एक जना गरी ७ जनालाई प्रत्साहन स्वरुप सम्मान गरिएको हो ।
गते जेठ ३० गते नेपालगन्ज–१२ विपीचोकमा घरको छतबाट खस्दै गरेकी बालिकालाई सशस्त्र प्रहरी नायव निरिक्षक भिमबहादुर कठायतले फिल्मी शैलीमा जमिनमा खस्नु अघि नै उद्दार गरेर ज्यान जोगाएका थिए ।
स्थानीय नफिज करिवालको तीन वर्षीया छोरी जन्नत करिवाललाई गत मंगलबार अपरान्ह करिब सवा चार बजे दुई तले घरको छतबाट खस्दै गरेको अवस्थामा देखेर त्यही ठाउँमा ड्युटीमा रहेका सशस्त्र प्रहरी नायव निरिक्षक कठायतले उद्धार गरेका थिए ।
यसैगरी गत जेठ १४ गते विहान नेपालगन्जको सुर्खेतरोडमा रहेको श्रेया ईन्टेरीयर डेकोर प्रालिको सो रुममा लागेको आगो निभाउन आफ्नो ज्यानको समेत प्रवाह नगरी कुशलता देखाउने सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर ऐरी, सशस्त्र प्रहरी जवान गम बहादुर गुरुङ्ग, कलम थापा, नेपाल प्रहरीका हवल्दार पृथ्वी बहादुर ओली, प्रहरी जवानहरु निराजेश विक र खुमबहादुर डाँगीलाई जनहि १ हजार नगद, दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
जिल्ला दैवि प्रकोप उद्दार समिति बाँकेले दोसल्ला र प्रशंसा पत्रको व्यवस्था गरेको थियो भने जनही नगद एक हजार जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको थियो । कर्मचारी मिलनकेन्द्र नेपालगन्जमा आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले सातै जनालाई पुरस्कृत गरेका थिए ।
सो कार्यक्रमा जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राई, सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारी लगायतको सहभागिता रहेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओभरटेक गर्न खोज्दा एक आपसमा ठोकिए दुई बस

२ असार २०७४, शुक्रबार १९:१६
नरेन्द्र सिंह / सदरलाइन २ असार, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडमा दुई सार्वजनिक यातायातबीचको अस्वस्थ प्रतिस्पर्दाको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । एकले अर्कोलाई ओभरटेक गर्नेक्रममा दुई यात्रुबहाक बस एक आपसमा ठोकिएका छन् । सुर्खेतरोडको होटल सिग्नेट अगाडि बागेश्वरी यातायातको ग १ ख ६८०५ र नमस्ते यातायातको बा ४ ख […]