प्रदेश नं. २ को निर्वाचन असोज २ मा १, ५ र ७ मा असार १४ मै हुने

१ असार २०७४, बिहीबार १३:३५
 

सदरलाइनडटकम 
१ असार, काठमाण्डौ : सरकारले प्रदेश नं. २ को निर्वाचन तिथि सार्ने भएको छ । बिहीबार सत्तारुढ दल र अन्दोलनमा रहेका राजपा नेपालबीच भएको बैठक पछि सो निर्णय लिएको बताईएको छ । यदपी प्रदेश नं. १, ५ र ७ मा भने असार १४ गते नै हुने छ ।
संविधान संशोधन सहितको मागहरु राखेर आन्दोलनमा रहेको राजपालाई मनाउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचनको मनानयन गर्ने एकदिन अघिमात्र प्रदेश नं. २ को निर्वाचन तिथि असोज २ मा हुने गरी सारेको हो । राजपाले भने प्रदेश नं. २ को निर्वाचन मिति सारेपनि निर्वाचनमा भाग लिने नलिने केही बोलेको छैन ।
सरकार सञ्चालनमा रहेका दलका शिर्षनेताहरु र निर्वाचन आयोगमा पदाधिकारी संग बिहीबार विहान भएको छलफलमा आयोगको तर्फबाट निर्वाचनको मिति सार्दा दुर्घटना हुने चेतावनी दिएको थियो ।

Next Post

नेपालगन्ज मेडिकल कलेजको गेटमा काँग्रेसको व्यानर टाँसियो, निर्वाचन पर्यवेक्षण समिति बेखबर

१ असार २०७४, बिहीबार १३:३५
सदरलाइनडटकम    १ असार, नेपालगन्ज : दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि निर्वाचन आचारसंहिता विरुद्धका गतिविधिहरु प्रस्तावित उम्मेदवारको तर्फबाट देखिन सुरु भएको छ । प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्नेदेखि लिएर सार्वजनिक स्थलमा प्रचार सामाग्री टाँसिनु, विभिन्न संघ संस्थाको तर्फबाट पार्टीले उम्मेदवार बनाउने निर्णय मै शुभकामना दिने जस्ता कार्य निर्वाचन आचार संहिता […]