सिकलसेल पीडितका लागि थारु पत्रकार संघ बाँकेले गर्यो रक्तदान

३१ जेष्ठ २०७४, बुधबार १९:४७
 

सदरलाइनडटकम
३१ जेठ, नेपालगन्ज : थारु समुदायमा मात्र जनस्वस्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाबाट पीडित विरामीको उपचारमा हुने रगत अभावलाई मध्यनजर गर्दै थारु पत्रकार संघ बाँकेले बुधबार नेपालगन्जमा रक्तदान गरेको छ ।
१४ औं विश्व रक्तदाता दिवसको अवसर पारेर सिकलसेल एनिमियाका विरामीहरुका लागि क्षेत्रीय रक्त सन्चार केन्द्र नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम गरेको संघका अध्यक्ष बिमला चौधरीले जानकारी दिइन ।
दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रमको उद्घाटन रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति गोवरद्धर्न सिह सम्झना, उपसभापति सुरेन्द्र नाथ सापकोटा, उपकोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले सयुक्त रुपमा रगतको पोका दिएर उदघाटन गरेका थिए ।
थारु पत्रकार संघ बाँकेकी अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संघले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको संघका सचिव भगतराम थारुले जानकारी दिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कारागार भित्रै गरे थुनुवा कैदीले आत्महत्या

३१ जेष्ठ २०७४, बुधबार १९:४७
सदरलाइनडटकम १ असार, नेपालगन्ज : नेपालगन्ज कारागारमा थुनामा रहेका एक थुनुवा कैदीले बिहीबार विहान सवा पाँचबजे कारागार मै झुण्डेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार जबरजस्ती करणी मुद्धामा पुर्पक्ष थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षिय अरबिन्दकुमार बर्माले झुण्डेर आत्महत्या गरेका हुन […]