आन्दोलनमा सवारी चलाएको भन्दै काँग्रेसका मेयरको गाडि तोडफोेड नेता रौनियार प्रहरी नियन्त्रणमा

३० जेष्ठ २०७४, मंगलवार २०:०८
 

सदरलाइनडटकम
३० जेठ, नेपालगन्ज : दोस्रो चरणको निर्वाचनमा भाग नलिने भन्दै आन्दोलनमा उत्रिएको राजपा नेपालको बन्दको असर नेपालगन्जमा देखिएको छ । आन्दोलनकारीले नेपालगन्जको विभिन्न भागमा पुगेर सवारीका साधनलाई अबरोध पु¥याएका थिए ।
आन्दोलनकारीले नेपाली कांग्रेसबाट नेपालगन्ज उप–महानगरपालिकाकाको मेयर पदका उम्मेदवार डा. सुरेशकुमार कनोडियाका गाडीमा तोडफोड गरेका छन् । प्रचार प्रसारका क्रममा नेपालगन्जको त्रिभुवन चोकमा पुगेको बेला बिहान साढे आठ बजे कनोडियाको गाडीमा तोडफोड भएको हो ।
सो कार्यमा संलग्न भएको आरोपमा राजपाका नेता ललित रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बा १४ च १३८७ नम्बरको गाडीमा भएको तोडफोडका कारण अगाडीको सिसामा क्षति पुगेको छ ।
राजपाले संबिधानमा संशोधन नगरेएको भन्दै सोमबारदेखि आन्दोलनको शुरुवात गरेको छ । आन्दोलन स्वरुप सोमबार साँझ निकालिएको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको राजपा बाँकेका नेताहरुले बताएका छन् । निर्वाचन बहिस्कार गरेको राजपाले बन्दका क्रममा गाडी चलाएकोले तोडफोड गरिएको राजपा बाँकेले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोस्रोदिन पनि आन्दोलन जारी, एक प्रहरी नियन्त्रणमा

३० जेष्ठ २०७४, मंगलवार २०:०८
सदरलाइनडटकम ३१ जेठ, नेपालगन्ज : संविधान संशोधन विना स्थानीय निर्वाचनमा भाग नलिने अडानका साथ आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन बाँकेको जनजीवन प्रभावित भएको छ । राजपा नेता तथा कार्यकर्ताहरु विपिचोक, धम्बोझी चोकलागायत विभिन्न चोकहरुमा प्रर्दशन गरेका छन् । आफुहरुको माग सम्बोधनमा संवेदनशील […]