नेपाली कांग्रेसबाट नेपालगन्जमा डा.कनोडिया कोहलपुरमा भानुभक्त

२७ जेष्ठ २०७४, शनिबार १९:५७
 

सदरलाइनडटकम  
२७ जेठ, नेपालगन्ज  : नेपाली काँग्रेस बाँकेले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको टुंगो लागएको छ । काँग्रेसबाट डा. सुरेश कुमार कनोडियाले नेपालगन्ज उपमहानगरपालिका र भानुभक्त भट्टराईले कोहलपुर नगरपालिकाको मेयरको उम्मदवार बनाउदै जिल्लाका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको हो ।
नेपाली काँग्रेस बाँकेका जिल्ला कमिटी सदस्य सुधान्शु कोईरालाले बाँकेका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको भए पनि पार्टीलाई आधिकारिक जानकारी आईनसकेको बताए ।
केन्द्रले नेपालगन्ज उप–महानगरपालिकको मेयरमा नेपालगन्ज मेडिकल कलेजका सञ्चालक समेत रहेका डा. सुरेशकुमार कनोडिया र उपप्रमुखमा विद्यार्थी नेता तथा सञ्चारकर्मी उमा थापा मगरले टिकट पाएका छन् । यहाँ पूर्व उपमेयर सुरेन्द्र हमाल, पूर्व पार्टी कोषाध्यक्ष लक्ष्मीनारायण शाह लगायत १२ जनाले मेयरमा दावी गरेका थिए भने डा. कनोडियाले टिकट लिनमा बाजी मारे । उपमेयरमा नारायणी रुपाखेती, दिक्षा कोईराला लगायत १२ जनाको दावी रहेको थियो ।
यसैगरी कोहलपुर नगरपालिकामा किसान नेता भानुभक्त भट्टराई मेयर र सञ्जुकुमारी थारु उपमेयर, राप्ती सोनारी गाउपालिकामा लाहुराम थारु र उपप्रमुखमा धनिकुमारी खत्रीलाई उम्मेदवार बनाउने भएको छ । कोहलपुरमा बलराम शर्माले मेयरको दावी गर्दै आएका थिए ।
बैजनाथ गाउपालिकामा देवबहादुर खत्रीलाई प्रमुख र भावना चौधरीलाई उप–प्रमुख, खजुरा गाउँपालिकामा नेपाली काँग्रेस क्षेत्रनं. ४ का सभापति समेत रहेका नक्की खाँ र उपप्रमुखमा मगर विद्यार्थी संघकी अध्यक्ष तथा सञ्चारकर्मी दीपा आलले दिकट पाएका छन् ।
नरैनापुरमा रामचन्द्र मौर्य प्रमुख, अतिकुल निशा उपप्रमुख, डुडुवामा नरेन्द्र चौधरी पप्पु प्रमुख, उपप्रमुखमा सायदा बानो, जानकी गाउपालिकामा छब्बन खाँलाई प्रमुख तथा उपप्रमुखमा रामप्यारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी आएको छ ।
नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य कोईरालाले भने–‘पार्टीमा आदिकारिक रुपमा आई सकेको छैन तर यी नामहरु केन्द्रले फाईनल गरि सकेको छ ।’ नेपाली काँग्रेस केन्द्रले क्षेत्र नं. १ र ३ अन्तरगत पर्ने वडाहरुको विवाद भने जिल्ला तहले नै मिलाउन निर्देशन समेत दिएको जानकारी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन कुनै पनि हालतमा सर्दैन, एमाले जिताउने अभियानमा लाग्नुहोस –ओली

२७ जेष्ठ २०७४, शनिबार १९:५७
सदरलाइनडटकम        २८ जेठ, नेपालगन्ज : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १४ गते तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति कुनै पनि हालतमा परिवर्तन हुन नसक्ने ठोकुवा गरेका छन् । नेकपा एमाले बाँकेले आईतबार नेपालगन्जमा आयोजना गरेको नेपालगन्ज उप–महानगरपालिकाका उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष ओलीले […]