सीमा नाकामा सुरक्षा सर्तकता बढाउदै बाँके प्रहरी

१८ जेष्ठ २०७४, बिहीबार १०:४६
 

सदरलाइनडटकम     
१८ जेठ, नेपालगन्ज : लागू औषध तथा अन्य तस्करी नियन्त्रणको लागि बाँके प्रहरीले संवेदनशिल क्षेत्रहरुमा सुरक्षा सर्तकता बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले लागू औषध तथा तस्करी नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी डाग स्क्वाड परिचालन गरी चेकजाँच समेत सुरु गरिएको जानकारी दिए ।
उनले निर्वाचन सुरक्षाको लागि पनि प्रहरी सर्तकता बढाउनुको साथै संवेदनशिल स्थानहरुको पहिचान गरी ‘डगस्क्वाड’ परिचालन गरिएको दावी गरे ।
उनले भने–‘पछिल्लो समयमा सीमा क्षेत्रबाट लागू औषधको वसारपसार तथा तस्करी नियन्त्रण गर्नको लागि तालिम प्राप्त कुकुर सहितको ‘डगस्क्वड’ समेतको प्रयोग गरेर चेकजाँच सुरु गरेका छौ ।’ उनले स्थानीय तहको निर्वाचनको सुरक्षाको समेत विषेश सर्तकताका साथ प्रहरी परिचालन गरिएको बताए ।
नेपालगन्ज–रुपैडिहा सीमा नाकामा प्रहरीले लागू औषध तथा विष्फोटक पदार्थ सम्बन्धित विषेश तालिम लिएका कुकुर राखेर चेक जाँच गर्न सुरु गरेको छ । प्रहरीले अवस्था हेरेर शंकास्पद र संवेदनशिल स्थानको पहिचान गरी डगस्क्वाड राखेर चेकिङ्ग प्वाईन्ट हेरफेर समेत गर्ने गरेको जनाएको छ ।
प्रहरी उपरीक्षक राईले प्रहरी सहायक निरीक्षक जितेन्द्र श्रीसको नेतृत्वमा तालिमे कुकर सहितको टोलिले जमुनाह नाकाबाट चेकजाँच गर्न सुरु गरेको बताए । उनले चेकिङ्गको दौरानमा कुनै शंकास्पद सामाग्री फेला पार्न नसकिए पनि आफुहरुको निगरानी र सर्तकर्ता भने बढाई रहेको स्पष्ट पारे
बाँकेका प्रहरी प्रमुख समेत रहेका एस्पी राईले जिल्लाका ८ वटै स्थानीय निकायमा आवश्यक परेको बेलामा प्रहरीलाई सम्पर्क गरेको १० मिनेट भित्रै प्रहरी पुग्ने गरी सुरक्षा सर्तकता मिलाईएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागू औषधसहित चौधरी पक्राउ

१८ जेष्ठ २०७४, बिहीबार १०:४६
सदरलाइनडटकम   १८ जेठ, नेपालगन्ज : बाँके प्रहरीले लागू औषध सहित एक जनालाई जमुनाह नाकाबाट नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईले दिएको जानकारी अनुसार सीमा पारी रुपैडिहाबाट नेपालगन्ज आउदै गरेको कोहलपुर–१५ का अजय चौधरीका साथबाट १४ सिसि अल्टोरेक्ससहित नियन्त्रणमा […]

सम्बन्धित