राष्ट्रिय पत्रकारिता पुरस्कारधारी खानको गृहनगरमा अभिनन्दन

५ जेष्ठ २०७४, शुक्रबार १९:०५
 

सदरलाइनडटकम  
५ जेठ, नेपालगन्ज : बाँकेका पत्रकार सिराज खानलाई राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले २ लाख रुपैयाँ सहितको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित गरेकोमा उनकै गृहनगर नेपालगन्जमा उनी अभिनन्दित भएका छन् ।
बाँके युनेस्को क्लबले पत्रकार खानको एक समारोहका बीचमा अभिनन्दन गरेको हो । क्लबको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनलाई स्वागत तथा अभिनन्दन गरी बधाई तथा शुभकामना दिएको थियो ।
क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सरकारले क्लबका वरिष्ठ उपाध्यक्ष समेत रहेका पत्रकार खानलाई राष्ट्रिय पत्रकारिता जस्तो पुरस्कार र सम्मान प्रदान गरेकोमा सरकार प्रति आभार ब्यक्त गर्दै यसले बाँके लगायत पश्चिम नेपालकै पत्रकारिताको सम्मान भएको बताए ।
लामो समयदेखि निरन्तर पत्रकारितामा संलग्न रहेका खानलाई सरकारले सम्मान गरेर काम गर्दै जाँदा एक न एक दिन त्यसको उच्च मूल्यांकन हुने कुरालाई समेत प्रमाणित गरेको स्पष्ट पारे ।
क्लबका वरिष्ठ उपाध्यक्ष तथा सम्मानित एवं पुरस्कृत ब्यक्तित्व खानले क्लबले गरेको अभिनन्दन, स्वागत र सम्मानप्रति आभार ब्यक्त गर्दै सबैको सहयोग र स्नेहका कारण पुरस्कृत भएको बताए । सो अवसरमा क्लबका उपाध्यक्ष पन्चम गुरुंग, सचिव बुधेश जयसवाल, वरिष्ठ कार्यक्रम संयोजक रवि तुलाधर, आर्थिक तथा प्रशासन प्रबन्धक वेद पंगाली, कार्यक्रम संयोजकहरु आशिष बर्मा, कमल थारु, राम श्रेष्ठ, रविन्द्र पराजुली, सोम डोमेनडौरा, सुदिप र बाल क्लब संजालका साहिल अन्सारी लगायतले सरकारले पुरस्कृत गरेकोमा बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
यसअघि पत्रकार खानलाई क्लबका अध्यक्ष सिद्दिकी लगायत अन्य पदाधिकारी र कर्मचारीहरुले खादा ओढाउँदै फुलमाला तथा अविर लगाएर उनको अभिनन्दन गरेका थिए ।
२०४६ सालबाट पत्रकारिता सुरु गरेको पत्रकार खान हालसम्म बिभिन्न संचार माध्यममा आवद्ध भएर पत्रकारिता गर्दै आएका छन् बितेका १२ वर्षदेखि उनी गोरखापत्र दैनिकमा नेपालगन्ज समाचारदाताको हुन । यही बैशाख २४ गते तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले उनी लगायत देशका ८ जना वरिष्ठ पत्रकारहरुलाई जनही २ लाख रुपैयाँ सहित पुरस्कृत र सम्मानित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच हजारको लोभमा ढाईकिलो अफिम सहित तीनजना पक्राउ

५ जेष्ठ २०७४, शुक्रबार १९:०५
सदरलाइनडटकम     ६ जेठ, नेपालगन्ज : अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले प्रतिबन्धित लागू औषध अफिमसहित तीनजना युवालाई बाँकेको राप्ती सोनारी–१ खासकुस्माबाट नियन्त्रणमा लिएको छ । सुराकीले दिएको सूचनाको आधारमा शुक्रबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा निगरानी बढाएको प्रहरीले साँझ करिव ४ बजेतिर दाङ्गको घोराहीबाट नेपालगन्जतिर रा […]