लागू औषध नाईट्रोजपाम र कोरेक्ससहित योगी प्रहरी नियन्त्रणमा

५ जेष्ठ २०७४, शुक्रबार १५:०४
 

सदरलाइनडटकम  
५ जेठ, नेपालगन्ज : कोहलपुर–लमही सडकखण्डको खासकुस्मामा प्रहरी चेकजाँचका क्रममा मोटरसाईकलमा सवार युवा प्रतिबन्धित लागू औषध नाईट्रोजपाम र कोरेक्स सहित प्रहरी नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार बा ८० प २९४४ नं. को मोटर साईकललाई पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको खासकुस्मा नजिकै प्रहरीले चेकजाँच गर्दा मोटरसाईकलमा सवार सन्दीप नाथ योगीका साथबाट प्रतिबन्धित लागू औषध नाईट्रोजपाम र कोरेक्स सहित नियन्त्रणमा परेका हुन ।
‘प्रहरी चेकिङ्गमा आनाकानी गर्दै तर्कन खोजे पछि खानतलासी लिने क्रममा प्रतिबन्धित तथा लागू औषध १५ पत्तामा रहेको ५८ ट्याब्लेट नाईट्रोजपाम र १ बोतल कोरेक्स बरामद भएको छ’–प्रहरी उपरीक्षक राईले भने । प्रहरी उपरीक्षक राईले प्रहरीले योगीका साथबाट लागू औषध बरामद गरेपछि मात्र आफु पत्रकार भएको बताएको जानकारी दिए ।
लागू औषधसहित प्रहरी नियन्त्रणमा परेका योगीको साथबाट न्यूज– २४ टिभिमा कार्यरत रहेको परिचयपत्र समेत भेटिएको प्रहरीले जनाएको छ । केही समय पहिला पनि योगीले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा ‘स्टीङ्ग अपरेशनको’ नाममा अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका योगीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याउदै गरेको प्रहरीले जनाएको छ । लोकमान कार्कीको फोटो खिच्ने प्रकरणमा समेत योगी चर्चामा रहेका थिए । योगीलाई थप अनुसंधान गरी लागू औषध कारोबार ऐन अन्तरगत कारवाही प्रकृया अघि बढाउने प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय पत्रकारिता पुरस्कारधारी खानको गृहनगरमा अभिनन्दन

५ जेष्ठ २०७४, शुक्रबार १५:०४
सदरलाइनडटकम   ५ जेठ, नेपालगन्ज : बाँकेका पत्रकार सिराज खानलाई राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले २ लाख रुपैयाँ सहितको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित गरेकोमा उनकै गृहनगर नेपालगन्जमा उनी अभिनन्दित भएका छन् । बाँके युनेस्को क्लबले पत्रकार खानको एक समारोहका बीचमा अभिनन्दन गरेको हो । क्लबको कार्यालयमा आयोजना […]