उपेन्द्र यादवले नेपालगन्जमा भने बुलेटको जवाफ व्यालेटले देउ

२ जेष्ठ २०७४, मंगलवार १९:५३
 

स्मृती देवकोटा/सदरलाइन      
२ जेठ, नेपालगन्ज   : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय निर्वाचनमा ‘बुलेटको जवाफ व्यालेट’ले दिनको लागि आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टीले नेपालगन्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘अधिकार र पहिलचानको लडाईमा सरकारले गरेको दमनको विरुद्धमा हिजोे आन्दोलनको बेला हनिएको गोलीको बदला आफ्नो मत दिएर देखाउने बेला भएको छ ।’
उनले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नै सरकारले संविधान संशोधन गर्नुपर्ने बताए । मंगलबार नेपालगन्जमा भएको बृहत पार्टी प्रबेश सभा कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष यादवले सरकारले बिगतको सम्झौतालाई ध्यानमा राख्दै संबिधान संसोधन गर्नुपर्ने बताएका हुन ।
उनले सदियौदेखि उत्पीडनमा रहेका मधेशी, मुस्लिम, जनजाती, पिछडाबर्ग, दलितको अधिकार सुनिचितताको आन्दोलनलाई सफल पार्नको लागि सरकारको बुलेटको जवाफ व्यालेटले दिन सबैलाई आग्रह गरे । उनले संबिधान संसोधन भन्दा पनि संविधान पुनरलेखन हुनुपर्ने आफुहरुको माग भएपनि त्यसको सुरुवात संविधान संशोधनबाट सुरु हुन लागेको बताए ।
संघीय समाजबादी फोरम नेपालका अध्यक्ष यादवले संविधान संशोधनको लागि पटक–पटक दवाव दिएपश्चात भएको सम्झौता छिटो पुरा भए मात्रै आफुहरुको आन्दोलन रोकिने र आन्दोलनको स्वरुप बदलिदै निर्वाचनमा होमिने बताए । स्थानीय निर्वाचनकै कुरा गर्दै नेता यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मुस्लिमहरुको रोजा (ब्रत) परेका कारण सो निर्वाचनको तिथी सार्नुपर्ने माग गरे ।
सभामा फोरम नेपालका बरिष्ठ नेता अशोक राई, उपाध्यक्ष मोहम्मद लालबाबु राउत, पूर्वमन्त्री एव केन्द्रीय सदस्य इस्तियाक राई, केन्द्रीय सदस्य चुुडामणी रेग्मी, कामताप्रसाद सोनखर, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य तथा नवप्रबेशी फोरमका नेता सत्यनारायण बर्मा लगायत नेताले मधेशीहरु जनताहरुको असन्तुष्टिलाई सम्बोधन गरेर राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

संघीय समाजबादी फोरम नेपाल बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद सैय्यद मेराज अहमद साह, महासमिति सदस्य रिजवान अहमद साह, इस्तियाक अहमद साहलगायतका विभिन्न व्यक्तिहरु पार्टीमा प्रवेश गराएको छ ।


नवप्रवेशीहरुलाई अध्यक्ष यादवले पार्टीको सदस्यता दिदै स्वागत गरेका थिए । पार्टीका बाँके अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा भएको कार्यक्रममा उल्लेख्य मात्रामा कार्यकताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रमुख निर्वाचन आयुक्त यादव भन्छन : एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन्छ

२ जेष्ठ २०७४, मंगलवार १९:५३
सदरलाइनडटकम    ३  जेठ,  काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने बताएका छन् ।  बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आईसक्ने दाबी गरेका हुन् । उनले भने,‘मतगणना भैरहेको छ, तर ढिलाई भएको चाहीँ […]