म्याजिक भ्यानमा आगलागी

१ जेष्ठ २०७४, सोमबार ०९:१७
 

सदरलाइनडटकम 
१ जेठ, कोहलपुर (बाँके) : बाँकेको बानियाभार जंगलमा गएराती म्याजिक भ्यानमा आगलागी हुाँदा जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेश कुमार काफ्लेले दिएको जानकारी अनुसार आईतबार राती करिब साढे १० बजेतिर सो आगलागी भएको हो ।
भे १ ज ५९९ नंम्बरको सो म्याजिक भ्यान डिगियामा सामान पु¥याएर फर्कदै गर्दा एक्कासी आगो लागेको थियो । ‘स्थानीयको अनुसार विद्युतको तार लत्रेको अवस्थामा भ्यानले छोएर हिडेपछि आगो लागेको हो । त्यो विद्युतको तारमा करेन्ट थियो या थिएन भन्ने यकिन नभए पनि आगलागिको कारण विद्युतको तार हुनसक्ने प्रारम्भिक अनुमान छ’–डिएसपी काफ्लेले भने ।
उनले घटनाको बारेमा प्रहरीले अनुसंधान गरि रहेको बताए । प्रारम्भिक अनुसंन्धानले घटनास्थल वरिपरि कुनै संधिग्द बस्तु वा पर्चा पम्पलेट नभेटिएकोले दुर्घटनाको कारण नै आगलागी भएको हुनसक्ने देखिएको भए पनि अनुसंधान सुरु गरेको जानकारी दिए ।
फोटो स्रोत गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘न्याय सम्पादनमा स्वास्थकर्मीको भुमिका उल्लेखनीय’

१ जेष्ठ २०७४, सोमबार ०९:१७
सदरलाइनडटकम     १ जेठ, नेपालगन्ज : न्याय सम्पादनको क्षेत्रमा स्वास्थ्य–बिज्ञानको सहयोग अपरिहार्य रहने नेपालगन्जमा आयोजित एक कार्यक्रममा सहभागिले औल्याएका छन् । नेपालगन्जको भेरी नर्सिङ्ग कलेजका नर्सिङ्ग बिद्यार्थीसंगको नागरिक सम्बाद कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । कार्यक्रमका अतिथि जिल्ला अदालत बाँकेका न्यायाधीश तेजनारायण पौडेलले स्वास्थ्य बिज्ञानको मद्दतका कारण प्रमाणजन्य तत्वको […]