रेडियो सद्भाव एफएम ९१ दशमलव २ मेघाहर्जको औपचारिक उद्घाटन

२७ बैशाख २०७४, बुधबार १७:१४
 

सदरलाइनडटकम  
२७ बैशाख, नेपालगन्ज : नेपालगन्जबाट प्रशारणमा आएको रेडियो सद्भाव एफएम ९१ दशमलव २ मेघाहर्जको बुधबार औपचारिक उद्घाटन गरिएको छ । ‘रेडियो सद्भाव सबैको रेडियो’ भन्ने स्लोगनसहित यही बैशाख ६ गते साँझ ६ बजेर ३३ मिनेटमा पश्चिम नेपालमा आप्mनो ध्वनी गुञ्जाएको रेडियो सद्भावको रेडियो प्रशारक संघका अध्यक्ष सुभाष खतिवडाले भव्य समारोहक ाबीच उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष खतिवडाले रेडियो सद्भाव स्थापनाको अवसरमा स्थानीय विषयवस्तुलाई प्राथमिकता दिन सुझाव दिदै रेडियो स्थापना गर्न नै चुनौति रहेको र त्यो भन्दा बढी चुनौति निरन्तरता दिन रहेको वताए । उनले स्थानीयको चाहना अनुसार आप्mना उत्पादन सामग्री निर्माण गर्न सुझाव दिए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले लक्षित समूदायको पहिचान गरेर रेडियोले आप्mना सामग्री तयार पार्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नाम जस्तै सद्भाव कायम गर्ने विषयवस्तुलाई उठान गर्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकारी आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, नेकपा एमालेका अध्यक्ष अशोक कोइराला, नेकपा माओवादी केन्द्रका बाँके इन्चार्ज आइपी खरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष नन्दलाल बैश्य, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, इन्सेकका क्षेत्रीय संयोजक भोला महत, रेडियो सद्भावका बरिष्ठ सल्लाहाकार सुरेस कनोडियालगायले शुभकामना मन्तव्य राखेका थिए ।
रेडियो सद्भाव सञ्चालक समितिका अध्यक्ष सञ्जय सिंहको सभापतित्वमा भएको कार्यक्रममा रेडियो उद्देश्यबारे प्रबन्ध निर्देशक दामोदर भण्डारीले प्रकाश पार्नुभएको थियो । सञ्चालक समितिका सदस्य तोजेन्द्र विकले स्वागत मन्तव्य दिएको कार्यक्रमको सहजिकरण सद्भावकर्मी ओविराज आचार्यले गरेका थिए । पाँचसय वाट क्षमताको रेडियो सद्भावले अत्याधुनिक प्रविधिमार्फत आप्mनो प्रशारण प्रारम्भ गरेको हो । नेपालगन्ज धम्वोजीस्थित पाहुनाघर पछाडी रहेको रेडियो सद्भावको कार्यालय वातानुकुलित छ ।
स्टेशन प्रमुख नवीन गिरीले अव तत्काल नियमित कार्यक्रमहरु प्रशारण गरिने बताए । रेडियो सद्भाव मध्यपश्चिमका बाँकेसहित बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान, रोल्पा, रुकुम, प्यूठान, कालिकोटलगायतका जिल्ला र सुदूरपश्चिमका कैलाली, अछाम, डोटीसम्म स्पष्ट सुनिएको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा दुईदिने शैक्षिक मेला

२७ बैशाख २०७४, बुधबार १७:१४
सपना विष्ट,स्मृती देवकोटा/सदरलाइन  २८ बैशाख, नेपालगन्ज : भारत तथा तेस्रो मुलुकमा उच्च शिक्षा लिन चाहने विद्यार्थीको लागि लक्षित गरी नेपालगन्जमा दुई दिने शैक्षिक मेला सुरु भएको छ । अनट्रयाक एजुकेशनल कन्सलटेन्सी काठमाण्डौको आयोजनामा तथा स्कुलिङ्ग एवोर्ड कन्सल्टेन्सी र रिपब्लिक एजुकेशनल कन्सलटेन्सीको सहयोगमा नेपालगन्जको स्वस्तिक कटेजमा आयोजना गरिएको सो शैक्षिक मेला […]