चट्याङ्ग लागेर बाँकेमा एक महिलाको मृत्यु

२७ बैशाख २०७४, बुधबार १६:२१
 

सदरलाइनडटकम
२७ बैशाख, नेपालगन्ज : चट्याङ्ग लागेर बाँकेमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विरबहादुर थापाले दिएको जानकारी अनुसार बुधबार बिहान साढे ६ बजे नेपालगन्ज–२० नयाँबस्तीमा परेको चट्याङ्गबाट ३० बर्षिया कौशिला रावतको मृत्यु भएको हो ।
घरको छतमा कपडा सुकाउन जाँदा मृतक रावत चट्याङ्गको चपेटामा परेर गम्भीर घाइते अवस्थामा उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको बाटो मै मृत्यु भएको प्रहरी निरिक्षक थापाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडियो सद्भाव एफएम ९१ दशमलव २ मेघाहर्जको औपचारिक उद्घाटन

२७ बैशाख २०७४, बुधबार १६:२१
सदरलाइनडटकम   २७ बैशाख, नेपालगन्ज : नेपालगन्जबाट प्रशारणमा आएको रेडियो सद्भाव एफएम ९१ दशमलव २ मेघाहर्जको बुधबार औपचारिक उद्घाटन गरिएको छ । ‘रेडियो सद्भाव सबैको रेडियो’ भन्ने स्लोगनसहित यही बैशाख ६ गते साँझ ६ बजेर ३३ मिनेटमा पश्चिम नेपालमा आप्mनो ध्वनी गुञ्जाएको रेडियो सद्भावको रेडियो प्रशारक संघका अध्यक्ष सुभाष खतिवडाले […]