बाँकेमा दश महिनामा ५५ वटा आगलागीको घटना

२५ बैशाख २०७४, सोमबार १५:४५
 

सदरलाइनडटकम   
२५ बैशाख, नेपालगन्ज : बाँकेमा चालु आर्थिक वर्षको १० महिनामा ५५ वटा आगलागीका घटना भएका हुँदा ३ बालबालिकाको मृत्यु हुनुको साथै करोडौको धनसम्पती डढेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक लक्ष्मण शाहीले दिएको जानकारी अनुसार सबैभन्दा बढी आगलागिका घटना नेपालगन्ज उप–महानगरपालिका क्षेत्रभित्र घटेका छन् ।
उनले दिएको जानकारी अनुसार नेपालगन्ज उप–महानगरपालिकामा १९ वटा, बैजनाथ गाउपालिकामा ९, नरैनापुर गाउपालिकामा ९, राप्ती सोनारी गाउपालिकामा ४, खजुरा गाउपालिकामा ४, डुडुवा गाउपालिकामा ६, जानकी गाउपालिकामा ३ र कोहलपुर नगरपालिकामा १ गरी ५५ वटा आगलागिका घटना भएका छन् ।
चालु आर्थिक वर्षमा बाँकेमा भएका आगलागिको घटनामा परेर ३ जना बालबालिका र ९ वटा चौपायले जलेर ज्यान गुमाउनुको साथै ११ चौपाय घाइते भएकोे तथ्याङ्क जिल्ला प्रहरी बाँकेसंग छ । प्रहरी निरिक्षक शाहिले बितेका १० महिनामा भएका आगलागीमा ४७ सर्वसाधारणको घर, १२ गोठ, करिव ५० वटा खरले छाएको कच्चि छाप्रा र ३ सरकारी भवन जलेर नष्ट भएको बातए । उनले सो आगलागिबाट करिब ३ करोड ९० लाख ९८ हजार ५ सय २६ रकम बराबरको अन्दाजी क्षति भएको आंकलन गरिएको जानकारी दिए ।
यसैगरी गत बुधबार राप्तीपारीको हुलासपुरमा भएको आगलागीमा २५ घर, ५ गोठ र घुम्ती पसल जलेर खरानी भएको छ । सो घटनाको यकिन क्षति आईसकेको छैन ।
बाँकेमा भएका आगलागिको घटना होस वा दैवि प्रकोपको बेलामा नेपाल प्रहरी नै अग्रपङतीमा रहेर नागरिक र नागरिकको ज्यूज्यानसंगै धनमाल समेत जोगाउने कार्यमा तल्लिन हुने गरेको बाँकेका प्रहरी प्रमुख तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनले आगलागिको घटना नियन्त्रणमा लिनको लागि कम्तिमा पनि १० जनादेखि बढीमा ५० जनासम्म आवश्यकता हेरेर त्यो भन्दा बढी पनि नेपाल प्रहरीको जनशक्ति खट्ने गरेको बताए ।
बाँकेमा आगलागिका घटना बढ्दै गएको भएपनि नेपालगन्ज उप–महानगरपालिकसंग भएको एकमात्र दमकलले यस क्षेत्रका विभिन्न जिल्ला संगै सिमापारी भारतीय शहर रुपैडिहा तथा आसपासका गाउहरुमा पनि जाने गरेको छ ।
बाँकेमा घट्ने अधिकांश आगलागिका घटनाहरु अशिक्षा, परम्पराबादी र पुरातनबादी सोचले चुलोमा आगो राख्ने गरेकोे कारण गर्मीयाममा तीब्र हावा चल्नेगरेको कारण आगलागी हुने गरेको पाईएको प्रहरी उपरीक्षक राईले बताए । उनले भने–‘ आगलागीका घटनालाई नियन्त्रणमा लिनको लागि घटनास्थलमा पुगेको प्रहरीलाई स्थानीयको पनि सहयोग नपाउनु र निभाउनको लागि समेत कुवा धारा प्रयोगमा ल्याउन नदिदा समेत क्षति बढ्ने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२५ बैशाख २०७४, सोमबार १५:४५

सम्बन्धित