सरकारी कार्यालयको सेवा प्रभाबकारी बनाउन प्रतिबद्ध

२१ बैशाख २०७४, बिहीबार १९:१४
 

सदरलाइनडटकम     
२१ बैशाख, नेपालगन्ज : सेवाग्राहीको माग अनुसार सरकारी कार्यालयबाट प्रदान हुने सेवा चुस्त र प्रभाबकारी बनाउनका लागि बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता ब्यक्त गरेका छन ।
प्रशासकिय अदालत तथा उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले बिहीबार नेपालगन्जमा आयोजना गरेको सुशासनको सन्र्दभमा सुशासनको प्रभावकारीता र न्याय सम्पादन बिषयक अन्तरक्रिया कार्यक्रममा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रशासकिय अदालत तथा उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले अबका दिनमा बाँके बर्दियाका सरकारी कार्यालयबाट सेवाग्राहीको माग अनुसार सेवालाई चुस्त र दुरुस्त पारिने विश्वास व्यक्त गरे ।
उनले बिकासमा नेपालगन्जले बेग्लै पहिचान स्थापना गर्नुपर्ने उल्लेख गर्दै भने–‘सरकारी कार्यलयको सेवा प्रवाह बाँके र बर्दियाबाट देश भरीकै नमूनाको रुपमा रहेको उदाहरण प्रस्तुत गर्न सकिने गरी सेवा दिनको लागि चुस्त एबम् प्रभाबकारी सेवा प्रवाह सम्बन्धी २५ बुँदै प्रतिबद्धता पत्र पारित गर्दै पूर्ण कार्यान्वयनमा लाग्ने अठोट गर्न आवश्यक छ ।’
उनले स्थानीय तहका कर्मचारी एकैठाँउमा बस्दा विकास निर्माणमा समेत असर परेको जनगुनासो आएको कारण संघ, प्रदेश र केन्द्रको कर्मचारी प्रणली जस्तै स्थानीय तहका सबै कर्मचारीलाई पनि आन्तरीक रुपमा स्थानीय तहमै सरुवा गर्ने प्रावधान कानून र ऐनमा राखिन लागेको समेत बताए ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले सरकारी कार्यालयहरुलाई चुस्त बनाउनका लागि आफुले पहल गरि सकेको बताए । उनले सकारी कार्यालय सफा सुग्घर राख्ने कामको सुरुवात भैसकेको र कुनै सरकारी कर्मचारीले सेवाग्राहीलाई दुख दिएको गुनासो आएमा तत्काल कारबाहीको दायरामा लिने बताए । त्यस्तै कार्यक्रममा बोल्दै बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बर्दियाका कुनै पनि सकारी कार्यालयका गुनसाो प्रसासन समक्ष नआएको दाबी गरे । उनले सरकारी सेवाको गुणस्तर र सेवा प्रबाहका बिषयमा प्रत्येक महिनाको ३ गते जानकारी आदान प्रदान गर्ने गरेको जानकारी दिए ।
अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेशबिक्रम शाहले नेपालगन्जलाई राम्रो र शुन्दर बनाउनका लागि प्रहरीले पनि सकृयताका साथ काम गरेको बताए । उनले नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरलाई ब्यवस्थित गराउन खोजे पनि राजनितिक दलको अबरोधका कारण बागेश्वरी मन्दिरलाई स्वच्छ, रमणिय र सुन्दर बनाउन नसकिएको दुखेसो पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका तीन पूर्व गाविस खुला दिसामुक्त घोषणाको तयारीमा

२१ बैशाख २०७४, बिहीबार १९:१४
सदरलाइनडटकम    २१ बैशाख, नेपालगन्ज : बदलिदो परिस्थिति र अभियानकर्मी सुस्ताउदा पनि जिल्ला समन्वय समिति बाँकेको प्राथामिकताको कारण ओझेलमा पर्न लागेको खुला दिसामुक्त अभियानले तीब्रता पाउने भएको छ । नेपालगन्ज उप–महानगरपालिका र साविकका ५ वटा गाविसमा मात्र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेको जिल्लामा तत्काल तीन गाविस घोषणा गर्ने तरखरमा […]