पढाईसिप सुधारका लागि बाँकेका अभिभावकलाई साथी दौंतरी शिक्षा तालिम

१९ बैशाख २०७४, मंगलवार २०:०२
 

सदरलाइनडटकम  
१९ बैशाख, नेपालगन्ज : कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाईसिप सुधारका लागि अभिभावकलाई लक्षित गरी साथी दौतरी शिक्षा तालिमको बाँकेमा सुरुवात गरिएको छ ।
बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बालबालिकाको पढाईशिप सुधारका लागि अभिभावकलाई सचेत र सक्रिय पार्दा त्यसले बालबालिकाको समेत सहभागितामा समेत ठूलो सहयोग हुने भएकोले तालिमको आयोजना गरिएको बताए ।
उनले भने–‘अभिभावक दौतरी शिक्षा तालिमले बालबालिकाको शिकाई सिप बढाउन अति आवश्यक भएकोले अभिभावकलाई सक्रिय र सचेत पार्ने उदेश्यले हाल जिल्ला भरी साथी दौंतरी शिक्षा तालिमको आयोजना गरिएको हो ।’
जिल्लाका ३ सय ८१ वटा सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाईशिप सुधारका लागि गठन गरिएका ६ सय ७८ वटा टोल पढाई समुहमा अध्ययन गर्ने बालबालिकाका अभिभावकलाई लक्षित गरी साथी दौंतरी शिक्षाको तालिम संचालन भैरहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।
उनले बाँकेमा १० हजार अभिभावकलाई प्रत्यक्ष र ४० हजार अभिभावकलाई अप्रत्यक्ष गरी ५० हजार अभिभावकलाई साथी दौंतरी शिक्षा तालिम दिने रणनीति अनुसार कार्यालयले तालिम दिन सुरु गरेको बताए । ‘नयाँ शैक्षिक सत्रको सुरुवातसंगै प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत जिल्लाका ७ सय ७८ वटा टोलहरुमा हरेक टोलमा १५ जना अभिभावकलाई राखेर साथी दौंतरी शिक्षा तालिम प्रदान गर्ने काम भैरहेको छ भने तालिम पाएका अभिभावकहरुले हरेकले थप ४–४ जना अभिभावकलाई घर घरमा गएर सो बारेमा प्रशिक्षण दिनु पर्ने रणनीति अनुसार अभिभावकहरु यतिबेला आफ्ना दौतरीलाई घर–घरमा पुगेर यसबारे जानकारी गराईरहेका छन्’–उनले भने ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रम क्षेत्रीय कार्यालय नेपालगन्जका बखत भण्डारीले तालिमका सहभागी अभिभावकलाई बालबालिकाको शिक्षा सम्बन्धी ७ वटा सन्देश बारे जानकारी गराईएको र सो तालिमपछि अभिभावकले आफ्ना बालबालिकाको पढाई बारे घरमा र बिद्यालयमा गएर समेत चासो लिन थालेको पाईएको दावी गरे ।
अभिभावक, शिक्षक र विद्यार्थीबिच सहकार्य गराउने उददेश्यले अभिभावकहरूले अन्य अभिभावकहरूसँग कसरी कुरा गर्ने र शिक्षकहरूले अभिभावकहरूसँग कसरी कुरागर्ने भन्ने विषयमा सहयोग गर्नका लागि यो तालिम संचालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए ।
साथी दौंतरी शिक्षा तालिम संचालन गरिएपछि शनिवार लगायत विदाको दिनमा टोल पढाई समुहमा हुने पढाईमा बालबालिकाको संख्या र चासो बढेको पाईएको अध्यक्ष सिद्दिकीले दाबी गरे । जिल्लाका कक्षा १ देखि ३ सम्मका ३ सय ८१ वटा बिद्यालय र मदरसामा अध्ययनरत करिब ६२ हजार बालबालिकाको पढाई शिप सुधारका लागि ६ सय ७८ वटा टोल पढाई समुह गठन गरेर जिल्ला शिक्षा कार्यालयको समन्वयमा बाँके युनेस्को क्लबले प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीपारीको हुलासपुरमा भिषण आगलागी

१९ बैशाख २०७४, मंगलवार २०:०२
सदरलाइनडटकम  २० बैशाख नेपालगन्ज : बाँकेको राप्तीपारीको विकट गाउपालिकामा बुधबार दिउसो भिषण आगलागी भएको छ । बाँके प्रहरीले दिएको जिानकारी अनुसार नरैनापुर गाउपालिका–५ हुलासपुरमा दिउसो करिव २ बजे भएको आगलागीबाट २५ घर, ५ गोठ र २ बाख्रा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले […]