क्षेत्रस्तरीय प्रतिभा पहिचान कार्यक्रम जयबागेश्वरी माविमा सम्पन्न

१७ जेष्ठ २०७४, बुधबार २०:०७
 

सदरलाइनडटकम  
१७ जेठ, नेपालगन्ज : विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा पहिचानको लागि आयोजना गरिएको कार्यक्रम नेपालगन्जको जयबागेश्वरी माविमा सम्पन्न भएको छ । साहित्य, गणित, विज्ञान, संगीत र विविध प्रतिभा गरी पाँच विधामा मध्यपश्चिम क्षेत्रका विभिन्न १० जिल्लाका कक्षा ६ देखि १९ सम्म अध्ययन गर्ने ३० विद्यार्थीहरुबीच प्रतिष्पर्दा गराईएको थियो ।
क्षेत्रीय शिक्षा निर्देशक हरि गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यतर्फ गरिमा रोकाय त्रिभुवन मावि कोहलपुर, गणित र विज्ञानतर्फ जय बागेश्वरी मावि नेपालगन्जका क्रमशः विशाल मिश्र र विवेक रेउले, संगीतमा सैनिक आवासिय मावि सुर्खेतका ज्योति काफ्ले र विविधमा तारा मावि बामरु रोल्पाका अजय महरा प्रथम भएका छन् ।
प्रथम हुनेलाई पुरस्कार जनही ७ हजार सहित प्रमाणपत्र र सम्पुर्ण सहभागिहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । क्षेत्रीय कार्यक्रममा प्रथम हुनेहरुले मात्र राष्ट्रियस्तरको प्रतिभा पहिचान कार्यक्रममा सहभागि हुने पाउने जयबागेश्वरी माविका फाउण्डर प्रिन्सिपल विद्यामान राज भण्डारीले जानकारी दिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दलित भएको कारण परिवारबाट अपहेलित भएको गुनासो

१७ जेष्ठ २०७४, बुधबार २०:०७
स्मृर्ती देवकोटा/सदरलाइन  १८ जेठ, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका–५ कि सिमा परियारले आफु दलित समुदायको भएको कारण आफ्नो घरपरिवारबाट हिंसामा परेको बताएकी छिन । गाउकै क्षेत्री परिवारको केटासंग सानैदेखि प्रेममा परेको बताउने सिमाले घरदेखि भारतको दिल्ली पुगेर बिहे गरेको बताईन । सिमा आफनो श्रीमान प्रेम प्रकाश क्षेत्री र उनको परिवारदेखि […]

सम्बन्धित