नेपाली काँग्रेसको वडा प्रचार कार्यालय खोलियो

१५ जेष्ठ २०७४, सोमबार १९:२२
 

सदरलाइनडटकम 
१५ जेठ, नेपालगन्ज : नेपाली काँगे्रस बाँकेले स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि वडा नं. ४ सम्पर्क कार्यालय स्थापना गरेको छ । अन्य वडामा पनि यो कार्यलाई तिव्रता दिएको छ । पार्टीले मेयर, उपमेयरको उम्मेदवारको टुंगो लगाउन नसके पनि घरदैलो लगायतका कार्यक्रम गर्दै आएको काँगे्रसले नगरका अधिकांस वडामा सम्पर्क कार्यालय स्थापना गरि सकेको जनाएको छ ।
काँगे्रस बाँकेका कार्यवाहक सभापति सुनिल नरसिंह राणाले रिवन काटेर कार्यालयको समुदघाटन गरे । उनले कार्यालय सञ्चालनले उम्मेदवार र आमनागरिकवीचको सहज भेटवार्ता र चुनावी प्रचार प्रसारका लागि सहज हुने विश्वास ब्यक्त गरे ।
नेपालगन्ज उप–महानगरपालिकाका मेयरका प्रस्तावित उम्मेदवार डा. सुरेश कनोडिया, नेपाल तरुण दल बाँकेका अध्यक्ष विरेन्द्रबहादुर शाह लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रम पश्चात वडा न ४ मा घर दैलो पनि गरिएको थियो ।
प्रचार व्यानर, झण्डासहितको ¥यालीले वडाका विभिन्न क्षेत्रको परिक्रमा गर्नुका साथै काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आहवान गरेको थियो । यस्तै वडा नम्वर १२ मा पनि घर दैलो कार्यक्रम गरिएको छ । वडास्तरका उम्मेदवारसहितको ¥यालीमा सहभागीहरुले काँगे्रसको पक्षमा मतदान गर्न अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवारले मतदाता शिक्षासंगै नमूना मतपत्र बोकेर प्रचारमा जान सुझाव

१५ जेष्ठ २०७४, सोमबार १९:२२
सदरलाइनडटकम   १५ जेठ, नेपालगन्ज : मतपत्रका कारण मतदाताले आफुले मतदान गर्दा ठूलो संख्यामा मतपत्र बदर हुने भएकोले आयोग, राजनीतिक दल तथा उम्मेदवार स्वयमले मतदातालाई मत हाल्ने र आफुले हालेको मत सुरक्षित गर्ने तरिका सिकाउन आवश्यक नेपालगन्जमा आयोजित एक कार्यक्रममा सुझाव आएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश […]

सम्बन्धित