नेपालगन्जमा सिद्धार्थ क्याफे शाखा सञ्चालनमा

१५ जेष्ठ २०७४, सोमबार १८:३०
 

सदरलाइनडटकम  
१५ जेठ, नेपालगन्ज  : होटल व्यावसायमा आफ्नो छुट्टै पचिय बनाउन सफल सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले १०औ गणतन्त्र दिवशको अवसर पारेर नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे सञ्चालनमा ल्याएको छ ।
बा“केका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले दशौ गणतन्त्रको शुभकाना लेखिएको ८० पाउन्डको केक काटेर सो क्याफेको एक समारोहका बीचमा उद्दघाटन गरे । उनले स्बदेशमै रोजगारका अबसरहरु सृर्जना गर्दै अगाडि बढि रहेको सिद्धार्थ गु्रपले नेपालगन्जमा सञ्ंचालनमा ल्याएको क्याफेले गुणस्तरिय सेवाका साथ स्वीट एन्ड बेकरीका पारखीहरुलाई सेवा प्रदान गर्ने विश्वास जाहेर गरे ।
नेपाली जनताको बर्षाैदेखिको बलिदानीपुर्ण संघर्षबाट स्थापना भएको गणतन्त्रलाई उत्सबका रुपमा मनाउदै देशलाई सम्बृद्धिको दिशामा अगाडि बढाउने उद्देश्यका साथ निजी क्षेत्रको अग्रणी संस्था सिद्धार्थ गु्रपले ८० पाउन्डको केक काटेर क्याफे संचालनमा ल्याएको हो । क्याफेमा मिठाई, केक, बेकरी र कफिका बिभिन्न परिकारहरु उपलब्ध छन ।
सिद्धार्थ गु्रपका कार्यकारी अधिकृत कृष्ण न्यौपनले गु्रपले होटेल, रिसोट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसायसंगै मिठाई, केक, बेकरी र कफिका बिभिन्न परिकारहरुको उत्पादन तथा बिक्री बितरण समेत सुरु गरेको जानकारी दिए ।
सिद्धार्थ ग्रुपले नेपालको पहाडि जिल्लाहरुमा कफीको ब्यबसायिक उत्पादन सुरु गरी नेपाली कफीको प्रबद्र्धनका क्षेत्रमा काम गरि रहेको बताए । सो अबसरमा कफि बिज्ञ बिनय थापाले कफिको महत्व लागयतका त्यसका बिबिध पक्षमा प्रकाश पारेका थिए ।
सुदूरपश्चिमको टिकापुरदेखि काठमान्न्डौसम्म करिब १८ वटा शाखाहरु मार्फत होटेल, रिसोट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसाय संचालन गर्दै आएको सिद्धार्थ ग्रुपमा कार्यरत करिब १ हजार कर्मचारीहरुको लगानीमा क्याफे संचालन गरिएको हो । सिद्धार्थ गु्रपले क्याफेलाई देशैभर बिस्तार गर्ने तयारी गरि रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेसको वडा प्रचार कार्यालय खोलियो

१५ जेष्ठ २०७४, सोमबार १८:३०
सदरलाइनडटकम  १५ जेठ, नेपालगन्ज : नेपाली काँगे्रस बाँकेले स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि वडा नं. ४ सम्पर्क कार्यालय स्थापना गरेको छ । अन्य वडामा पनि यो कार्यलाई तिव्रता दिएको छ । पार्टीले मेयर, उपमेयरको उम्मेदवारको टुंगो लगाउन नसके पनि घरदैलो लगायतका कार्यक्रम गर्दै आएको काँगे्रसले नगरका अधिकांस वडामा सम्पर्क […]