आगो निभाउन यसरी खटेका थिए प्रहरीको जनशक्ति (फोटो फीचर )

१४ जेष्ठ २०७४, आईतवार १५:१८
 

सदरलाइनडटकम
१४ जेठ, नेपालगन्ज : आईतबार बिहानै नेपालगन्जको सुर्खेतरोडमा रहेको श्रेया ईन्टेरियर प्रालिमा एक्कासी आगलागी भयो । विहानको ९ बजे भएको सो घटनामा आगो निभाउनको लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र घर आसपासका व्यक्तिहरु मात्र खटेका थिए ।
दुई दमकलमा ल्याएको पानीले एकछिन नियन्त्रणमा लिएको आगो दमकल पानी भर्न जाँदा फेरी बढेर आसपासको घरमा फैलने खतराकै बीचमा नेपालगन्जको तालिमकेन्द्रबाट हातहातमा पानी सहितको बाल्टी बोकेर आएको तालिमे प्रहरी ‘रङ्गरुट’देखि प्रहरी अधिकृतले गरेको अथक मेहनतको कारण नै करिव चारघण्टामै आगो नियन्त्रणमा लिन सकिएको थियो ।
नेपालगन्जको मुटुमै रहेको श्रेया ईन्टेरीयर प्रालिमा लागेको आगो नियन्त्रणको लागि नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीका गरी करिव १ हजार २ वढी जनशक्तिले हातमा बाल्टीमा पानी बोक्दै प्रयत्न गरे । हातमा बोकेको पानी आगोमा फाल्दा खासै काम लागेको नदेखिएपछि सो पानी दमकल मै हालेर आगो निभाउन थालिएको थियो ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले अत्यन्त व्यस्त ठाँउ र पानीको अभावकोबीचमा प्रहरीलाई आगो निभाउन र सर्वसाधारणको भिडलाई पन्छाउन निक्कै समस्या भएको बताए ।

         


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैदेशिक रोजगार पीडित प्रभावितका लागि अभियानको अभियान

१४ जेष्ठ २०७४, आईतवार १५:१८
सदरलाइनडटकम ,  १४ जेठ, बिनौना (बाँके) : बैदेशिक रोजगारबाट फर्केर सामाजिक र पारिवारिक हिंसाबाट प्रभावित २० जना महिलाहरुका लागि बाँकेको बिनौनामा सीपमुुलक तथा ब्यवसाय छनौट तालिम सम्पन्न भएको छ । ‘सामाजिक न्यायमा पहुुँच र आत्मसम्मान ः हाम्रो अभियान’ भन्ने नाराको साथ अभियान नेपालले जिल्ला समन्वय समन्वय समिति बाँकेको आर्थिक सहयोगमा […]