एमालेबाट शमसुद्दिन र शान्ति भए नेपालगन्ज उप–महानगरका मेयर र उप–मेयरका उम्मेदवार 

१३ जेष्ठ २०७४, शनिबार १३:२०
 

सदरलाइनडटकम   
१३ जेठ, नेपालगन्ज : स्थानीय तह निर्वाचनमा नेकपा एमालेले नेपालगन्ज उप–महानगरपालिकामा पूर्व उप–मेयर शमसुद्दिन सिद्दिकीलाई मेयरको उम्मेदवार बनाउने भएको छ । पार्टीको स्थायी समितिले शुक्रबार साँझ सिद्दिकीलाई मेयर र प्रदेश नं. ५ कि सदस्य समेत रहेकी महिला नेतृ शान्ति ढकाललाई उप–मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
लामो समयदेखि नेपालगन्ज उप–महानगरपालिकामा तीन ठूला पार्टीहरुले कसको नेतृत्वमा चुनावी प्रतिश्पर्दामा जाने भन्ने कुरा निर्णय नगर्दा बजारमा अनेक खालका चर्चा परिचर्चा चल्न सुरु गरेको थियो ।
नेकपा माआवादी केन्द्रले व्यावसायी नेता दामोदर आचार्यलाई मेयरको उम्मेदवार बनाउने बित्तिकै एमालेले दोस्रोदिन सिद्दिकीको नाम टुङ्गो लगाएको हो । यसअघि कोहलपुर नगरपालिकामा लुटबहादुर रावतलाई एमालेले र नरेन्द्र न्यौपानेलाई माओवादी केन्द्रले मेयरको उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेस बाँकेले नेपालगन्ज तथा बाँकेका सबै स्थानीय तहमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको टुंङ्गो लगाउन सकेको छैन । नेपालगन्जको मेयरमा डा. सुरेशकुमार कनोडिया र पूर्व उप–मेयर सुरेन्द्र हमालको बिचमा निक्कै कडा रस्साकस्सी देखिएको छ ।
यसैगरी उप–मेयरमा सञ्चारकर्मी समेत रहेकी उमा थापामगर र पार्टी सभापति किरण कोईरालाकी सुपुत्री दिक्षा कोईरालाकोबीचमा कडा प्रतिश्पर्दा देखिएको छ ।
राप्रपाले डा. धवल शम्शेर जबरालाई मेयरमा र रमारानी बैश्यलाई उप–मेयरको उम्मेदवार बनाएको छ । राप्रपाबाट फुटेर एकीकृत राप्रपा राष्ट्रवादीबाट मेयरमा कृष्ण प्रसाद खरेललाई मेयरको उम्मेदवार बनाउने भएको छ ।
राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद पाण्डेलाई मेयर र माला केसीलाई उप–मेयरको उम्मेदवार बनाउने तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुद्धिजिवि परिषदको क्षेत्रीय अध्यक्षमा ई. लामिछाने

१३ जेष्ठ २०७४, शनिबार १३:२०
सदरलाइनडटकम  १३ जेठ, नेपालगन्ज : एमाले निकट बुद्धिजिवी परिषद बाँके निर्वाचन क्षेत्र नं. ४ मा ईञ्जिनियर बिबेक लामिछानेको अध्यक्षतामा ९ सदस्य पदाधिकारी रहने गरि कमिटी निर्माण गरिएको छ । एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य एबं बुद्धिजिवि फाँटका ईन्चार्ज डिल्ली बिसीले दिएको जनाकारी अनुसार परिषदको उपाध्यक्षमा पदमबहादुर […]