नेपालगन्ज फोटो फेस्टिवलको लागि फोटो आव्हान

१२ जेष्ठ २०७४, शुक्रबार ०९:४३
 

सदरलाइनडटकम  
१२ जेठ, नेपालगन्ज : नेपालगन्ज फोटो फेस्टिवल आगामी असारको तेस्रो साता नेपालगन्जमा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने सो फेस्टिवलका लागी फोटो आह्वान गरिएको छ ।
गत वर्षको असारदेखि हालसम्म खिचिएका फोटोहरु फेस्टिवलमा पठाउन सकिनेछ । असार ५ गतेसम्म फोटो पठाइसक्नु पर्ने आयोजक संस्था अन्तरालले जनाएको छ । सो फेस्टिवलमा ५ वटा विधामा उत्कृष्ट फोटोहरु पुरस्कृत हुनेछन् । सर्वोत्कृष्ट फोटोले वर्ष फोटो पुरस्कार पाउने बताईएको छ ।
खेलकुद, वन्यजन्तु तथा प्रकृति, पर्यटन तथा संस्कृति, समाचार फोटो, दैनिक जीवन विधा रहेका छन् । फेस्टिवलमा मध्य तथा सुदूरपश्चिम र (हालको प्रदेश नं ५,६ र ७ मा खिचिएका तस्वीरहरु कुनै पनि नेपाली नागरिकले पठाउने सक्ने व्यवस्था मिलाईएको आयोजक संीथा अन्तरालका टिम लिडर जयनरायण शाहले जानकारी दिए ।
नेपाली फोटो पत्रकारहरुको संस्था फोटो पत्रकार क्लव (पिजे क्लव) ले पनि फेस्टिवलमा सहकार्य गर्ने छ । वरिष्ठ फोटो पत्रकार सहितको छनौट टिमले छनौट गरेका १ सय ११ वटा फोटो प्रदर्शनीमा राखिनेछ । प्रदर्शनी २ दिनसम्म चल्नेछ । ‘नेपालगंज फोटो फेस्टिवल पश्चिम नेपालकै गौरव हो ’ फेस्टिवलका परिकल्पनाकार शाह भन्छन्–‘फेस्टिवलले फोटोग्राफीको विकासका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछ । ’
यसैवर्षदेखि विद्यार्थीहरुले मोवाइल फोनवाट खिचेका फोटोहरुको छुट्टै प्रतिस्पर्धा गराइनेछ । जसमा बाँकेका १० वटा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । उत्कृष्ट ३ लाई पुस्कृत गरिनेछ । फेस्टिवलको अवसरमा फोटोग्राफी सम्वन्धी कार्यशाला र तालिम समेत संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई वर्षदेखि राप्तीपारीको स्वास्थ्य केन्द्र डाक्टर बिहीन

१२ जेष्ठ २०७४, शुक्रबार ०९:४३
सदरलाइनडटकम १२ जेठ, नेपालगन्ज  :  बाँकेको विकट क्षेत्रमा रहका स्वास्थ्य केन्द्रहरुमा एमविविएस दरबन्दी हुँदा पनि लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले डाक्टर खटाउन सकेको छैन । सरकारी छात्रबृत्ति तथा जिल्ला जनस्वास्थ्य कार्यालय अन्तरगत दरबन्दी भएका डाक्टर तथा स्वास्थ्यकर्मी पनि सुविधा सम्पन्न ठाउँ मै कोचिएर बस्दा पनि कार्यालयले उनीहरुको उचित व्यवस्थापन […]