दामोदर आचार्य माओवादी केन्द्रबाट नेपालगन्जको मेयरका उम्मेदवार

११ जेष्ठ २०७४, बिहीबार २०:०३
 

सदरलाइनडटकम  
११, जेठ नेपालगन्ज : नेपालगन्जको मेयरको लागि माओवादी केन्द्रले व्यावसायी नेता दामोदर आचार्यलाई उम्मेदवार बनाउने भएको
छ । टिकट पाउने रस्साकस्सीको बीचमा आचार्यले बाजी मारेका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपालगन्ज उप–महानगरपालिकाबाट मेयरमा आचार्यलाई उठाउने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुनको उपस्थितिमा नेपालगन्जको हाटल स्वस्तिकमा भएको भेलाले आचार्यलई मेयर र उपमेयरमा नेपालगन्ज–११ कि कलामुन अन्सारीलाई उठाउने निर्णय गरेको मेयेरका उम्मेदवारसमेत रहेका नेता आचार्यले बताए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका व्यावसायी नेता आचार्यले दोस्रो संविधान सभा निर्वाचनको बेलामा बाँके निर्बाचन क्षेत्र नं.३ बाट तेस्रो स्थान प्राप्त गरेका थिए ।
सत्ता साझेदार दलबीच तालमेलको कुरा बाहिर चर्चा चलेकै बेलामा माओवादी केन्द्रले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । नेपालगन्जको मेयेरका लागि मुस्लिम नेता अतहर हुसेन फारुकी र युवा नेता नविन शर्माले दावी गर्दै आएका थिए ।
यसैबीच कोहलपुर नगरपालिकामा यस अघि नै विद्यार्थी नेता नरेन्द्र न्यूपाने मेयेर र देबी चौधरीलाई उपमेयरमा उम्मेदवार बनाउने निर्णय गरी सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज फोटो फेस्टिवलको लागि फोटो आव्हान

११ जेष्ठ २०७४, बिहीबार २०:०३
सदरलाइनडटकम   १२ जेठ, नेपालगन्ज : नेपालगन्ज फोटो फेस्टिवल आगामी असारको तेस्रो साता नेपालगन्जमा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने सो फेस्टिवलका लागी फोटो आह्वान गरिएको छ । गत वर्षको असारदेखि हालसम्म खिचिएका फोटोहरु फेस्टिवलमा पठाउन सकिनेछ । असार ५ गतेसम्म फोटो पठाइसक्नु पर्ने आयोजक संस्था अन्तरालले […]

सम्बन्धित