नतिजामा ढिलाई आयोगका कारणले होईन : आयुक्त शर्मा

१० जेष्ठ २०७४, बुधबार ०९:२२
 

सदरलाइनडटकम 
नेपालगन्ज : निर्वाचन आयुक्त ईला शर्माले मत परिणाममा भएको ढिलाईको कारण आयोगले गर्दा नभएको दावी गरेकी छन् । नेपालगन्जमा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन ।
उनले भनिन–‘ निर्वाचनको नतिजा आउनमा भएको दिलाई आयोगको कारणले मात्र होईन त्यसमा सर्बदलिय सहमति समयमा जुट्न नसक्नु र दल–दलबीचमा खड्किएको विश्वासको कमीका कारणले दिलाई भएको हो ।’
उनले पहिलो चरणको मतदान सकिएको नबौदिनसम्म पनि नतिजा बाहिर आउन नसक्नु ‘टेस्ट’ क्रिकेट जस्तै भएको बताउदै जति ढिलो उति उत्सुकता थपिएको बताईन । उनले आयोगले असारण अवस्थामा मानविय क्षमताले भन्दा बढी काम गरेको दावी गरिन ।
उनले भनिन,–‘आयोगले असाधारण अवस्थामा पनि आफ्नो क्षमताले भन्दा बढी काम गरेको छ । हामीलाई सरकारले तोकेको समयमा निर्वाचन सम्पन्न गराउन निक्कै चुनौती छ ।’ उनले आयोगलाई निर्वाचन सम्पन्न गराउनको लागि कम्तिमा पनि १२० दिनको तयारी आवश्यक पर्छ तर यहाँ ८३ दिनको तयारी मै निर्वाचन गर्नु परेको बताईन ।
‘थोरै समयमा निर्वाचन सम्पन्न गराउनु परेको कारण मतदाता शिक्षा पनि आवश्यक अनुसारको मतदाता शिक्षा प्रादन गर्न सकिएको
छैन । त्यो कारण र मतपत्रका कारण पनि मत बदर हुने कार्य बढेकोले दोस्रो चरणको निर्वाचनमा केही सुधार ल्याउने प्रयत्न गरिने छ’–उनले भनिन ।
उनले दोस्रो चरणको निर्वाचनको समेत तिथी घोषणा गरी सकेको अवस्थामा स्थानीय तह थप गर्नु संद्धान्तिक रुपमा मन्य हुँदैन तर राजनीति सहमतिको आधारमा भए निर्वाचन आयोगले यसबारेमा निर्णय गर्ने बताईन । निर्वाचन आयुक्त शर्माले दोस्रो चरणको निर्वाचनको लागि आवश्यक पर्ने सबै तयारी पुरा गरेका १५ गते भित्र सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिने र निर्वाचन सम्पन्न गराउन आवश्यक मतपत्र संगै ६४ प्रकारका सबै सामाग्रीहरु प्रत्यक निर्वाचन कार्यालयमा पठाईएको जानकारी दिईन ।
उनले निर्वाचन आचार संहिता सबैको लागि अनिवार्य भएपनि यो मान्नेलाई मात्र लागू हुने अवस्था देखिएकोले सकेसम्म सबैले आचारसंहितालाई पालना गर्न आग्रह गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नगरको विकासे योजनासहित राप्रपा राष्ट्रबादीबाट खरेलले गरे आफ्नो उम्मेदवारीको घोषणा

१० जेष्ठ २०७४, बुधबार ०९:२२
सदरलाइनडटकम ११ जेठ, नेपालगन्ज : दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिका एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको तर्फबाट कृष्णप्रसाद खरेल मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत १ महिनादेखि अनौपचारिक रुपमा चुनावी अभियानमा होमिएका खरेल नेपालगन्ज उप–महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी […]