चुनावी गतिविधिका कारण एमालेका उम्मेदवारलाई भ्याइनभ्याइ

१० जेष्ठ २०७४, बुधबार ०८:५८
 

सदरलाइनडटकम
१० जेठ, नेपालगन्ज : नेकपा एमालेका उम्मेदवारहरुले आ–आफ्ना ठाउँमा चुनावी गतिविधिलाई तीब्रता दिएका छन् । मंगलबार जिल्लाका सबै तहका उम्मेदवारहरुले आ–आफ्ना ठाउँमा घरदैलो, भेटघाट, मोटरसाइकल ¥याली, कोणसभाजस्ता चुनावी गतिविधिहरु गरेका छन् ।
कोहलपुर नगरपालिकामा टोल सभा र ¥यालीहरु निकालिएको छ । वडा नं. १२ चप्परगौडीमा टोल सभा र वडा नं. ११ कोहलपुर बजारका गल्ली–गल्लीमा ¥यालि निकालिएको थियो । मेयरका उम्मेदवार लुटबहादुर रावतले झण्डा, टोपी र चुनाव चिन्हसहित सडकमा निस्केका नेता तथा कार्यकर्ताले मत माग्दै हिडेको बताए ।
खजुरा गाउँपालिकाको वडा नं. २ सीतापुरमा घरदैलो गरिएको छ । गाउँपालिका प्रमुखका उम्मेदवार किस्मतकुमार कक्षपतिसहितको एमाले कार्यकर्ताले सीतापुरमा घरघरमा पुगेर मत मागेका हुन् । गाउँपालिका प्रमुखका उम्मेदवार किस्मतकुमार कक्षपतिले एमालेको घरदैलो कार्यक्रममा स्थानीय जनता उत्साहित भएको जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिकामा मोटरसाइकल ¥याली निकालिएको छ । एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, सचिवालय सदस्य सूर्य ढकाल, प्रेम भूसालको उपस्थितिमा बैजापुरदेखि फत्तेपुरसम्म मोटरसाइकल ¥याली निकालिएको थियो । गाउँपालिका प्रमुखका उम्मेदवार तुलसी थारुले फत्तेपुरमा कार्यक्रमसमेत गरिएको थियो ।
जानकी गाउँपालिकाको वडा नं. ६ गनापुरमा घरदैलो गरिएको छ । गाउँपालिकाका प्रमुख रामनिवास यादवले साईगाउँमा वडा कमिटिको बैठकदेखि खजुराखुर्दमा समेत मंगलबार नै घरदैलो गरिएको जानकारी दिए । ‘हामी निरन्तर लागि रहेका छौं, यादवले भने, जनता हामीप्रति सकारात्मक देखिएका छन् ।’
डुडुवा गाउँपालिकामा समाजका अगुवासँग भेटघाट गरिएको छ । गाउँपालिका प्रमुखका उम्मेदवार सकिल अहमद खाँले वडा नं. ३ बाबुपुरुवाका अग्रजहरुसँग भेटघाट गरेका छन् । ‘स्थानीय अगुवासँग भेटघाट गरियो, हामीले भेला र घरदैलोलाई तिब्रता दिएका छौं, खाँले भने ।
नरैनापुर गाउँपालिकामा पनि उम्मेदवारले प्रचार प्रसारलाई अगाडि बढाइरहेका छन् । गाउँपालिका प्रमुखका उम्मेदवार विक्रम यादवले मंगलबार गंगापुरमा भेटघाट र प्रचार प्रसार गरेको बताए । ‘घरदैलो नै शुरु गरिसकेका छैनौ, भेटघाट र प्रचार प्रसार गरिरहेका छौं, यादवले भने ।
नेपालगञ्ज उपमहानगरपालिकाको मनिकापुरमा पार्टीले चुनावी गतिविधि गरेको छ । मेयर र उपमेयरका उम्मेदवार ‘छनौट’ भइनसकेकाले नगरका वडाहरुमा पार्टीले चुनावी गतिविधिहरु गरिरहेको एमाले, बाँकेका उपसचिव प्रमोद धितालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नतिजामा ढिलाई आयोगका कारणले होईन : आयुक्त शर्मा

१० जेष्ठ २०७४, बुधबार ०८:५८
सदरलाइनडटकम  नेपालगन्ज : निर्वाचन आयुक्त ईला शर्माले मत परिणाममा भएको ढिलाईको कारण आयोगले गर्दा नभएको दावी गरेकी छन् । नेपालगन्जमा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन । उनले भनिन–‘ निर्वाचनको नतिजा आउनमा भएको दिलाई आयोगको कारणले मात्र होईन त्यसमा सर्बदलिय सहमति समयमा जुट्न नसक्नु र […]