सडक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

८ जेष्ठ २०७४, सोमबार ०८:४१
 

सदरलाइनडटकम
८ जेठ, नेपालगन्ज  : आईतबार राती सुर्खेतरोडमा भएको सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता तथा मुद्दा फाँट ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार पुष्पलाल चोक नजिकै प्रहरी गुल्मको अगाडि भएको दुर्घटनामा परेर नेपालगन्ज–४ का १८ वर्षिय अभिशेष सिंह सिजापतिको ज्यान गएको हो ।
आईतबार राती पौने १० बजेतिर भएको सो सवारी दुर्घटना गुल्मपछाडिबाट सुर्खेतरोडमा निस्कदै गरेको भे ५ प ६५२६ नं.को मोटरसाईकल र धम्बोझी चोकबाट पुष्पलाल चोक जाँदै गरेको भे ७ प ११११ नं.को मोटरसाईकल एक आपसमा ठोक्कीएको थियो ।
प्रहरी निरीक्षक थापाको अनुसार तीब्र गतिमा रहेका दुबै मोटरसाईकल एक आपसमा ठोक्कीदा ६५२६ नं का चालक सिजापति र त्यसको पछाडि बसेका नेपालगन्ज–४ कै १७ वर्षिय रोजन सल्मानी र ११११ का चालक बदिया कालिका–३ का २५ वर्षिय रोशन राना गम्भीर घाइते भएका हुन ।
घाइते सिजापतिको उपचारको क्रममै नेपालगन्ज नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको छ भने रानाको थप उपचारको लागि लखनउ रिफर गरिएको र सल्मानीको खुट्टा भाँचिएकोले उनको नेपालगन्ज नर्सिङ्ग होममै उचपार हुदै आएको छ ।
२०७३ चैत्र ३१ गते राती पनि सोही ठाँउ सोही प्रकृतिको घटनाको कारण एकजनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी भ्यान दुर्घटना हुँदा एकको मृत्यु २५ घाइते

८ जेष्ठ २०७४, सोमबार ०८:४१
सदरलाइनडटकम   ९ जेठ, सुर्खेत : स्थानीय तहको निर्वाचन सकेर कालिकोटबाट सुर्खेत आउँदै गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको गाडी –भ्यान) दुर्घटना हुँदा एक जनाको मत्यु हुनुको साथै २५ जना घाइते भएका छन् । वीरेन्द्रनगर–१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी ट्रक ) मंगलबार विहान दुर्घटना हुँदा […]

सम्बन्धित