कक्षा १२ को अन्तिम परीक्षाको तयारी सकियो

८ बैशाख २०७४, शुक्रबार २०:१९
 

सदरलाइनडटकम 
८ बैशाख, नेपालगन्ज : राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को अन्तिम परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बोर्डको शाखा कार्यालय कोहलपुरले शुक्रबार कार्यालय परिसरमै गरेको पत्रकार भेटका अवसरमा कार्यालय प्रमुख गीरमान थापाले कक्षा १२ को अन्तिम परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
उनले बोर्डको शाखा कार्यालय कोहलपुर अन्तरगत भेरी र कर्णालीका १० जिल्लाका विभिन्न ८४ परीक्षा केन्द्रबाट नियमित तर्फ १५ हजार ५ सय ५६ र आंशिकतर्फ ११ हजार ५ सय ४१ परीक्षार्थीले परीक्षा दिने बताए । उनले भने–‘परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने उत्तरपुस्तिका, तथा अन्य मसलन्धका सामान पु¥याई सकिएको  छ । पश्नपत्र पनि नजिकको प्रहरी युनिटमा पुगि सकेको छ ।’
उनले सबै ८४ परीक्षा केन्द्रमा केन्द्रध्यक्ष तोकेर उनीहरुलाई अभिमुखिकरण समेत गराईएको  बताए ।   उनले भने–‘मध्यपश्चिमका १० जिल्लामा  तोकिएका  ८४ परीक्षा केन्द्रका सबै केन्द्रध्यक्षलाई परीक्षा सञ्चालनको बारेमा  सम्बन्धित  जिल्ला मै अभिमुखिकरण गराईएको छ ।’
उनले ८४ केन्द्राध्यक्ष मध्ये ६ जना मात्र महिला रहेको बताए । बोर्डको शाखा कार्यालय कोहलपुरका प्रमुख थापाले बाँकेमा नियमित  तर्फका ३ हजार ७  सय  २७ र आंशिक तर्फका २ हजार ३ सय ७३ परीक्षार्थीले विभिन्न १७ वटा परीक्षा केन्द्रबाट परीक्षा दिने गरी केन्द्र मिलाईएको बताए ।
उनले दिएको जानकारी अनुसार बाँकेमा सबै भन्दा बढी नेपालगन्जको धम्बोझि मावि परीक्षा केन्द्रबाट १ हजार ९ सय १६ जनाले परीक्षा दिदै छन् भने थोरै एविसि मावि परीक्षा केन्द्रबाट २ सय ५५ले परीक्षा दिने भएका छन् ।
उनले कारागारमा रहेका कैदी, बन्दी र थुनुवालाई समेत परीक्षा दिन पाउने गरी व्यवस्था मिलाईएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार बाँकेको नेपालगन्ज कारागारबाट १, सुर्खेतको कारागारबाट १ र बर्दियाको गुलरिया कारागारबाट ८ जना गरी भेरी कर्णालीका १० जिल्लामा १० जनाले कारागारबाट परीक्षा दिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जको उप–मेयरमा सबैपर्टीबाट महिला कै चार्चा

८ बैशाख २०७४, शुक्रबार २०:१९
सदरलाइनडटकम  ७ बैशाख, नेपालगन्ज : प्रदेश नंं.५ को सबैभन्दा ठूलो र पुरानो सहर नेपालगन्जमा स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा नेपालगन्ज उप–महानगरपालिकाको प्रमुखको चर्चामा लागि रहदा उत्तिकै जिम्मेवारीमा रहने उप–मेयरका प्रत्यासी हुन ईच्छुक प्रत्यासीले आफ्ुहरु माथि विभेद गरिएको गुनासो गरेका छन् । नेपालगन्ज उप–महानगरपालिकाको उपमेयरका लागि अधिकांश पार्टीले महिलालाई अघि सार्ने […]