साप्ताहिक सरसफाई अभियानबाट जिम्मेवारी बोध गाराउनेतर्फ लाग्ने की ?

८ बैशाख २०७४, शुक्रबार १९:३९
 

सदरलाइनडटकम  
८ बैशाख, नेपालगन्ज : पछिल्ला दिनहरुमा हरेक शनिवबार सामुदायिक सरसफाई अभियान नेपालगन्ज उप–महानगरपालिकाका विभिन्न स्थानहरुमा सञ्चालनमा छ । तर, नगरका केही ठाँउमा भने सरसफाई अभियानले केही पनि फरक पारेको छैन । सरसफाई अभियानमा सरिक हुने अभियन्ताहरुलाई सदरलाइनडटकमको टिमले नेपालगन्ज नगर भित्रैबाट लिएका केही तस्वीर सार्वजनिक गर्दै अभियानलाई जसरी सुरुका दिनमा सुरुवात गरियो त्यसरी नै सञ्चालन गर्दै जस्को फोहर उसैले व्यवस्थापन गर्नुपर्ने सिद्धान्तलाई पालना गर्न आवश्यक छ ।
नेपालगन्जका स्थायी बासिन्दा समेत रहेका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा प्लास्टिक सर्जनको रुपमा कार्यरत डा. बिनोद कर्णले सुरुवात गरेको यो अभियानमा क्रमशः नेपालगन्ज उप–महानगरपालिका तथा विभिन्न संघसंस्थाहरु थपिने होडबाजि नै देखियो । डा. कर्णले जसरी कुरुप भएको शरिरको भागलाई आफ्नो दक्षता प्रयोग गरेर राम्रो बनाउछन् । उनीले फोहर र कुरुप नेपालगन्जलाई त्यस्तै बनाउछु भनेर सुरुका दिनमा अभियानको सुरुवात गरेका हुन । राम्रो कामको श्रेय, (जस) लिने बाहानामा जुन होडबाजी देखिदै छ । भोलीका दिनमा सरसफाई अभियान मैले सुरुवात गरेको हो भनेर कोई–कोई निस्के भनेपनि अनौठो मान्नु नपर्ला ।
डा. कर्णले सुरुवात गरेको पवित्र अभियानमा विभिन्न क्षेत्रबाट जोडिनको लागि सुरुका दिनमा प्रतिश्पर्दीको रुपमा जसरी देखिए अहिले त्यो अभियान मुखमा मास्क र हातमा ग्लोव लागएर बाटोको फोहर उठाउदै सेल्फी खिच्नेको भिडमा परिणत हुँदै गएको छ ।
सरसफाई अभियानले जुन सन्देस दिनु पर्ने त्यो सन्देस भन्दा पनि सुर्खेतरोडको ग्रिनबेल्टमा विरुवा रोप्ने प्रतिष्पर्दादेखि फोहर उठाएको सेल्फी लोड गर्नेसम्मको गतिविधि मै सक्रिय रहने जमातले जुन ठाउँमा अभियान सञ्चालन गरिने हो त्यस ठाँउका स्थानीयले अपनत्व लिने गरी अभियान चलाउदा त्यसले नेपालगन्ज सफा शहरको रुपमा चिनिन सफल हुने कुरामा दुईमत छैन ।
नेपालगन्ज नगरपालिकाले अभियानमा सरिक हुनको लागि आव्हान गर्दै हरेक सप्ताहको अन्त्यमा सामुहिक म्यासेज पठाएरै आफ्नो दायित्व पुरा भएको भन्ने सम्झेको जस्ता भान भएको छ । अबको दुई महिनाभित्र हुने मनसुनी वर्षातको कारण डुवानमा पर्ने नगर क्षेत्रलाई डुवान मुक्त गराउन तर्फ नगरपालिकाको ध्यान पुगेको छैन ।
नेपालगन्जको पुरानो र घना बस्ती भएको एकलैनी, रामनगर, कसगरटोल, डिएसपी रोड आसपास बैशाखमै नाली जाम भएर बाटो डुबानमा परेका छन् । अर्कोतिर बाटो मै राखिने निर्माण सामाग्रीले पनि फोहर बढाउनु र नाली थुन्ने काम गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले नगरबाट निस्कने फोहरको व्यवस्थापन संगै पुरस्कृत र डण्डित गर्ने कुराको सुरुवात गरेर चोक–चोकमा फोहर राख्ने डस्टविनको व्यवस्था गरिदिने र त्यसमा बाहेक अनेत्र फोहर फाल्नेलाइ जरिवाना गर्ने परिपाटि सुरुवात गर्न आवश्यक छ ।
जबसम्म स्थानीय निकायका जिम्मेवार कर्मचारी (सरसफाई) लाई जिम्मेवार बनाउन सकिदैन र स्थानीयले पनि सरसफाईको महत्व बुझेर पनि अबुझको जस्तो गतिबिधि गर्न सक्रिय हुन्छ । त्यस्तो ठाँउमा जति अभियान सञ्चालन गरे पनि कुनै तुक हुँदैन ।
केहीदिन अघि बाँकेका सांसद बादशाह कुर्मी, मैकुलाल बाल्मिकी, सरवतारा खानम, स्थानीय विकास अधिकारी हरि प्याकुरेसहितको टोलीले नगर हुने विकास निर्माणको स्थलगत अनुगमन गर्दा समेत नाली फोहले पुरिएर नालीको पानी बाटो हुँदै घरमै पस्दा समेत सरसफाईमा चासो नदिएको पाईएको थियो । बाटोमा पानी जम्यो भन्दै बाटोको उचाई बढाउन योजना माग्ने गरेको तर, आफ्नै घर अगाडि फोहरको डंगुर हुँदा सफा गरौ भन्ने चेतना नहुने गरेको छ । यस्तो अवस्थामा फोहर गर्नु हुँदैन भनेर चेतना फैलाउदै आफ्नो फोहर आफै व्यवस्थापन गरौ भन्ने अभियान सञ्चालन गर्न सके राम्रो हुनेमा पछिल्लो दिन साप्ताहिक सरसफाई अभियान कुहिराको काग जस्तै भएको छ, त्यो कागलाई कुहिरोबाट निकाल्नको लागि सबै प्रबुद्ध बर्गले पहल गरौ ।


        

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गरिबी निबारणका कारण स्वरोजगार बढ्दै गरेको कार्यकारी निर्देशक केसीको दावी

८ बैशाख २०७४, शुक्रबार १९:३९
सदरलाइनडटकम  ८ बैशाख, नेपालगन्ज : गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रमका कारण गरिबी घटाउन ठूलो मद्दत पुगेको बताएका छन् । कार्यक्रमका कारण स्वरोजगार बढ्दै गएको उनको दावी छ । शुक्रबार गरिबी निबारण कोष कार्यक्रम अन्तरगत बाँकेमा गठन भएका विभिन्न सांमुदायिक संस्था र संस्थाका सदस्यहरुलाई […]