नेपालगन्जको मेयरमा काँग्रेसबाट शाहको दह्रो दावेदारी

५ बैशाख २०७४, मंगलवार १२:२७
 

सदरलाइनडटकम  
५ बैशाख, नेपालगन्ज : स्थानीय तह निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट युवा नेता तथा संचार उद्यमी लक्ष्मीनारायण शाहको दह्रो दाबेदारी रहेको छ ।
विद्यार्थी राजनीतिदेखि निरन्तर नेतृत्वदायी भूमिकामा रहेका शाहले पार्टीको तर्फबाट कहिल्यै पनि लाभको पदमा नबसेका कारणले पनि आफ्नो दावेदारी रहेको युवा नेता शाहको दावी छ । उनले भने–‘निरन्तर पार्टीको काममा छु, पार्टी निर्माण र जनकार्यमा खटेकै छु लाभको पदमा कहिल्यै बसिन त्यसैले स्थानीय तह निर्वाचन–२०७४मा नेपालगन्ज उप–महानगरपालिकको मेयर पदको लागि मेरो दावेदारी हो ।’
नेपालगन्जका मतदाता तथा युवाहरुको बीचमा लोकपृय नेताको रुपमा रहेका उनले आफुले टिकट पाएमा नेपालगन्जको बिस्तृत विकासको गुरु योजना सहितको खाका प्रस्तुत गर्दै निर्वाचनमा होमिने तयारीका साथ गुरु योजना निर्माणमा समेत लागेको बताए ।
उनले भने–‘समग्र नेपालगन्जको विकासको लागि अग्रजहरुको सल्लाह सुझाव लिदै विकासको गुरु योजना अनुसार लाग्ने छु ।’ उनले युवा वर्ग नेतृत्वमा पुग्दा विकासले यसरी फड्को मार्न सक्छ भन्ने सोचका साथ आफु अहिले पार्टीका नेता तथा कार्यकर्ताको बीचमा छलफल र सुझाव संकलन समेत गर्दै आएको बताए ।
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका शाहको नेपालगन्ज उप–महानगरपालिकाको मेयरमा दाबेदारीले काँग्रेसमा युवा पुस्ताको पनि भविश्य रहेको छ भन्ने आशा देखिएको तरुण नेता मनिस रेग्मीले बताए ।
उनले पार्टीमा युवा पुस्ता पनि नेतृत्व लिन सक्षम छन भन्ने उदाहरण देखाउन पार्टीको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिएर प्रतिष्पर्दी रहेका शाहले समग्र युवाको प्रतिनिधित्व गर्नेमा आफ विश्वस्थ रहेको दावी गरे । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री स्व.सुशील कोईरालाको अत्यन्तै विश्वास पात्र समेत रहेको कारणले पनि शाहले टिकट पाउनु पर्ने कुरामा आफु विस्वस्थ रहेको उनको भनाई छ ।
नेपाली काँग्रेसबाट नेपालगन्जको मेयरमा सुरेन्द्र हमाल, अच्युत प्रसाई, डा. सुरेशकुमार कनोडिया, युवराज शर्मालगायतको नेताहरुको दावेदारी रहेको छ । दावेदारीमा रहेका केही नेताहरु संविधान सभामा समेत बन्दसुचीमा उम्मेदवार भएका र केही राजनीतिक नियुक्ति लिएर बसेका नेताहरु भएकोले शाहको दावेदारी दह्रो रहेको मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरकारीबाटै आत्मनिर्भर

५ बैशाख २०७४, मंगलवार १२:२७
सदरलाइनडटकम ५ वैशाख, डडेल्धुरा  : पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् । यहाँका महिला तरकारीखेतीबाट वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँलगायतका महिला तरकारीखेतीतर्फ आकर्षित […]