तीन पार्टीका नेपालगन्ज नगर कमिटीका अध्यक्षहरु भन्छन : पार्टीले मुल्याङ्कन गरेर आफुहरुलाई टिकट दिनुपर्छ

३० चैत्र २०७३, बुधबार १६:३१
 

सदरलाइनडटकम
३० चैत, नेपालगन्ज : स्थानीय तह निर्वाचन–२०७३ को मिति नजिकिदै गर्दा जनमत लिनको लागि आतुर नेता तथा कार्यकर्ताहरु आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ्ग सुरु गरेका छन् ।
पहुँच र पैसाको आधारमा पार्टीले टिकट दिने भन्दै चर्चा चलिरहेको बेला मध्यपश्चिमका सबैभन्दा पुरानो शहर जंगबहादुरको सपनाको शहर नेपालगन्ज उप–महानगरपालिकाको मेयर बन्ने होडबाजीमा रहेका नेपालगन्ज उप–महानगरपालिकाका पार्टी अध्यक्षहरुले भने पार्टीले जनकार्य दिनेबेलामा आफुलाई दिने तर, अवसर दिनेबेलामा अनेत्रबाट टपक्क टिपेर ल्याउने परिपाटीलाई अन्त्य गर्न माग गर्छन ।
नेपाली काँग्रेस नेपालगन्ज उप–महानगरपालिका कमिटीका सभापति प्रशान्त विष्ट पर्टीका विभिन्न युनिटमा क्रियाशिल हुँदै २०६७ सालदेखि निरन्तर पार्टीको कमामा क्रिशिल रहेका छन् । उनले पार्टीको संगठन बिस्तारदेखि पार्टीको काममा दिनरात एक भएर जिल्लाका ३ निर्वाचन क्षेत्रमा पराजय भोग्दा पनि पार्टीलाई आफ्नो क्षेत्रबाट संविधान सभामा जिताएकोले पनि पार्टीले कामको मूल्याङ्कन गरेर नेपालगन्ज उप–महानगरपालिकाको मेयरको टिकट आफुलाई दिनु पर्ने दावी गरे ।
सदरलाइनडटकमसँग कुरा गर्दै उनले भने–‘नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा विभिन्न जनकार्य गर्दै संगठन निर्माण गर्न सक्नेले जित्न सक्दैन भनेर टिकट नदिनु हामी माथि अन्याय हो ।’ हामी युवा बर्गको नेतृत्व गर्दै नगरमा पार्टीलाई विस्तार गरेका छौ । पार्टीको जित्ने आधार भनेकै हामीले निर्माण गरेको पार्टी संगठन नै हो भने किन हामीले टिकट नगाउने भन्दै प्रतिप्रश्न गरे । सो पार्टीबाट डा.सुरेश कुमार कनोडिया, सुरेन्द्र हमाल, अचुत प्रसाई, किरण कोईराला लगायतको दाबेदारी रहेको छ ।
उनले पार्टीले मापदण्ड बनाएर टिकट दिने बातबरण बनाउनेमा आफु ढुक्क रहेको बताए । ‘चाँडै नै नगर भेला गरेर आकांक्षीहरुको मन बुझ्दै पार्टीले बनाएको मापदण्डको आधारमा टिकट बितरण गर्दा आफु अग्रस्थानमा रहने छु’–उनले भने ।
नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यले २०६३ सालदेखि नगर कमिटीको नेतृत्व सम्हाल्दै आएको भए पनि पार्टीमा अवसर आउने बित्तिकै केन्द्रीय नेतादेखि आसेपासेहरुकै हालिमुहलीको अवस्
था आउने गरेको दुखेसो गरे । ‘पार्टीको काम तथा जनकार्यको लागि दिनरात नगरकमिटी खट्ने तर, अवसर आउदा केन्द्रीय नेतादेखि उनका आसेपासेले ¥याल काढेर हाम्रो खेदो खन्ने’–आक्रोश पोख्दै   सदरलाइनडटकमसँग कुरा गर्दै उनले भने ।
उनले पछिल्लो समय पार्टीभित्र पैसा, पहँुच र चर्को गुटबन्दीको कारण आफुहरु जस्तालाई अवसर नहुने अवस्था आएको बताए । ‘२०५४ सालमा जनप्रतिनिधि भएको फुई हाँकेर दुईचार नेताको आर्शिवाद लिएर चुनाव जित्न सकिदैन, चुनाव जित्नको लागि सम्बन्धित भूगोलसंग परिचित हुनु प¥यो’–उनले भने ।
‘जनकार्यमा नदेखिने, नेताको नजिक हुने, संविधान सभाको निर्वाचनमा होस वा पार्टी सरकारमा हुँदा दिईने राजनीतिक नियुक्ती पनि उनैलाई चाहिने हुँदा–हुँदा स्थानीय तहमा समेत उनैलाई टिकट चाहिने भएपछि पार्टी नै त्यस्ता अवसरवादीहरुको हो भनेर घोषणा गरिदिए भयो नि’–उनले भने–‘मेयरको टिकटको दावी गर्नेहरु केही त चुनावै पिच्छे दावी गरेर भाँजो हाल्ने छन् भने केहीलाई नेपालगन्ज उप–महानगरपालिकाको भूगोलको बारेमै जानकारी छैन अनि कसरी जित्छन चुनाव र टिकटको दावी गर्छन ।’
एमाले बाँकेबाट समशुद्दिन सिद्धिकी, बिजय गुप्ता, शान्ति ढकालको दावेदारी छ । जबकी यीनीहरु सबै संविधान सभामा पनि उम्मेदवार भएका थिए ।
माओवादी केन्द्रका नेपालगन्ज उप–महानगरपालिका कमिटीका अध्यक्ष गोपाल पुनले पार्टीले आफ्नो पक्षमा निर्णय गर्ने दावी गरे ।   सदरलाइनडटकमसँग कुरा गर्दै उनले भने–‘ पार्टीको संगठन निर्माणमा जोतिनेले नै अवसर लिनु पर्ने भए पनि पहँुचको आधारमा निर्णय गरिदा पार्टीको पक्षमा नतिजा आउन नसक्ने कुरालाई पनि ख्याल गरिनु पर्छ ।’
उनले नेपालगन्ज मधेशी र मुस्लिम समुदायको बर्चश्व भएको ठाँउ भएकोले पार्टीले जित्ने आधार भएका मधेशी मुस्लिम समुदायका नेतालाई अघिसारे आफु पार्टीको नेतृत्वमै बस्ने तर, संसदीय निर्वाचन लड्ने र राजनीतिक नियुक्ति पनि लिने नेताहरुका हकमा भने आफुले नछोड्ने बताए । मओवादी केन्द्रबाट अतहर हुसेन फारुकी र दामोदर आचार्यको कडा दावेदारी भए पनि उनीहरुले संविधान सभा–२०७० को निर्वाचनमा क्रमश बन्द सुची र प्रत्यक्षमा चुनाव लडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बेलहरी खुला दिसामुक्त घोषणा (फोटो कथा सहित )

३० चैत्र २०७३, बुधबार १६:३१
सदरलाइनडटकम  ३० चैत , नेपालगन्ज : बाँकेको साविक बेलहरी गाविस हाल जानकी गाउपालिकाको ५ नं.वडालाई खुला दिसामुक्त वडाको रुपमा घोषणा गरिएको छ । गाविसका सामाजिक परिचालक, महिला स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, प्रहरीको उपस्थितिमा सो घोषणा गरिएको हो । वडा कार्यालय परिसम मै औपचारिकरुपमा आयोजित कार्यक्रमका बीचमा जिल्ला समन्वय समिति […]