मतदाता शिक्षासँगै दलहरू निर्वाचनमा जुट्दै

२९ चैत्र २०७३, मंगलवार १८:०२
 

२९ चैत, नेपालगन्ज : स्थानीय तहको निर्वाचनका लागि बाँके जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ ।

जिल्लामा तोकिएका ३११ मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो ।

अहिलेसम्म ३१० जनालाई प्रशिक्षण दिइसकेको बताउँदै उहाँले वैशाख १ गतेदेखि प्रशिक्षकहरू मतदाता शिक्षाका लागि खटिने बताउनुभयो ।


जिल्लाका प्रत्येक वडाबाट दुई/दुई जनालाई मतदाता शिक्षासम्बन्धी तालिम दिइरहेको जनाइएको छ । अहिले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, पूर्व बाल विकास केन्द्रका शिक्षिका, प्रवेशिका परीक्षा दिएका महिला र यसअघिको संविधान सभाको निर्वाचनमा मतदाता शिक्षामा खटाइएका कर्मचारीलाई छनौट प्रक्रिया पनि अघि बढाइएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार स्थानीय निकाय निर्वाचनका लागि यस जिल्लामा दुई लाख ४६ हजार ८० मतदाता छन् ।

यहाँका दलले पनि अहिले निर्वाचनको प्रचारप्रसारका लागि गाउँगाउँमा कार्यक्रम लिएर जान थालेका छन् । दलहरूले घरदैलो, सभा, नागरिक अन्तक्र्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदै यहाँका आमनागरिकमा पनि अब निर्वाचन हुन्छ भन्ने आशा पलाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दर्ता भएको नयाँ संशोधन विद्येयक एमाले र मोर्चाको सहमतिमा पारित हुन्छ : कानूनमन्त्री नायक

२९ चैत्र २०७३, मंगलवार १८:०२
सदरलाइनडटकम   २९ चैत काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकारले ल्याएको नयाँ संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले यस्तो दाबी गरेका हुन् । उनले भने,‘नयाँ संशोधन प्रस्ताव एमाले र मधेशी मोर्चा दुवैको सहमतिमा […]