रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित

२६ चैत्र २०७३, शनिबार १९:१२
 

सदरलाइनडटकम   
२६ चैत काठमाडौं : रिपोर्टर्स क्लब नेपालले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा समाजका विधि क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको राष्ट्रिय सभामा आयोजित विशेष कार्यक्रमकावीच उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
क्लबले हरेक वर्ष समाजमा विशिष्ट योगदान पुर्याउने ब्यक्तित्वहरुलाई विशेष सम्मान र अभिनन्दन गर्ने परम्परालाई निरन्तरता दिदै यसवर्ष पनि विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा भारतीय जनता पार्टीका शीर्ष नेता भगतसिंह कोशियारीज्यू, एसियन थाई फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक महेश जाजू, वरिष्ठ उद्योगपति एवम् समाजसेवी राजेन्द्र अर्यालज्यू, वरिष्ठ उद्योगपति एवम् समाजसेवी तेजेन्द्र खड्का, समाजसेवी एवम् एनआरएनए नेता पारसमणि पोखरेल, वरिष्ठ उद्योगपति एवम् समाजसेवी पूर्णलाल श्रेष्ठज्यू, कुशल अधिकृत गोविन्दप्रसाद वाग्ले, सूचना प्रविधि उद्यमी दीपक भण्डारी, सूचना प्रविधि उद्यमी खेम शर्मा, आइडियल डिजाइनर्सका कार्यकारी निर्देशक सुन्दर श्रेष्ठ, एभ्रिटाइम गु्रुप प्रा.लि.का प्रबन्ध निर्देशक महेशराज खकुरेलल, एक्टिब प्रिन्टिङ प्रेसका मेनेजिङग डाईरेक्टर रमेश किशोर श्रेष्ठ रहेका छन् ।
त्यस्तै क्लबले यस वर्ष उत्कृष्ट कर्मचारी सम्मान– २०७३ बाट ईश्वर कार्कीलाई सम्मान गरेको छ । त्यस्तै न्युज ट्वान्टीफोरका वरिष्ठ प्राविधिक सुबोध पटेल, कार्यक्रम संयोजक राजु भण्डारी र गजेन्द्र ओझालाई समेत क्लबले सम्मान गरेको थियो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अहिले संशोधन होईन, चुनावमा जानुपर्छ : नेता खनाल

२६ चैत्र २०७३, शनिबार १९:१२
सदरलाइनडटकम  २६ चैत, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले संविधान संशोधन भन्दा पनि चुनाव अनिवार्य रहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले संविधान जारी भएपछि […]