समता स्कुल कोहलपुरमा पनि सञ्चालन हुँदै

२६ चैत्र २०७३, शनिबार १८:२६
 

सदरलाइनडटकम  
२६ चैत नेपालगन्ज : गुणस्तरिय शिक्षाको लागि सञ्चालनमा रहेको समता विद्यालय बाँकेको कोहलपुरमा पनि सञ्चालनमा आउँने भएको छ । नयाँ शैक्षिक शत्रबाट सो विद्यालय सञ्चालनमा आउने गरी तयारी अगाडि बढाईएको संचालक समितिका सदस्य सुदर्शन पौडेलले जानकारी दिएका छन् ।
चर्चित हास्य कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ हरिबश आचार्य) द्धारा विभिन्न कार्यक्रमहरुको आयोजनाबाट संकलित रकमबाट यो विद्यालय संचालनमा रहेको छ । कोहलपुर नगरपालिका नगर कार्यापालिकाको कार्यालयबाट स्वीकृत भई जिल्ला शिक्षा कार्यालय बाँकेबाट सम्बन्ध प्राप्त गरे पश्चात विद्यालय संचालनमा आउन लागेको हो ।
कोहलपुर क्षेत्रका एक सय ५० बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यायलय संचालन गर्न लागेको सञ्चालक पौडेलले जानकारी दिए । हाल समता विद्यालय ५१ जिल्लामा विस्तार भैसकेको छ । नेपालका सबै प्रदेशहरुमा गुणस्तरीय शिक्षा पु¥याउँने लक्ष्य अनुसार कोहलपुरमा यो विद्यालय सञ्चालनमा ल्याईएको हो । अभिभावकहरुबाट बालबालिका भर्ना शुल्क एक सय ५० लिइने र मासिक शुल्क भने एक सय रुपैया रहेको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाइफाइ पासवर्ड यसरि थाहा पाउन सकिन्छ…

२६ चैत्र २०७३, शनिबार १८:२६
एजेन्सी : अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए ! […]

सम्बन्धित