जस्तोसुकै जिम्मेवारी बहन गर्न सेना तयार छ : प्रधानसेनापती श्रेत्री

२५ चैत्र २०७३, शुक्रबार १९:००
 

सदरलाइनडटकम
२५ चैत, नेपालगन्ज : नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीले संविधान र सरकारले दिएको जुनसुकै जिम्मेवारी पुरा गर्न नेपाली सेना तयार रहेको जनाएका छन् । नेपाली सेनाले शुक्रबार नेपालगन्जको राँझा व्यारेकमा नेपाली सेना भूतपूर्व मध्यपश्चिमाञ्चल सैनिक सम्मेलनको उदघाटन गर्दै सो कुरा बताएका हुन ।
प्रधानसेनापती क्षेत्रीले देशको रक्षा र जनहितका लागि जस्तो सुकै जिम्मेवारी पनि वहन गर्न तयार रहेको स्पष्ट पारे । सीमीत श्रोत साधानका वावजुद नेपाली सेना शान्ति, सुरक्षा र जनताको समग्र हित र विकासमा क्रियशिल रहेको समेत उनले दावी गरे ।
भुतपुर्व सैनिकहरुको योगदानलाई नेपाली सेनाले सदैव स्मरण गरिरहेको उल्लेख गर्दै उनले उनीहरुसँगै उनका परिवारको शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई सैनिक कल्याणकारी कोष मार्फत प्राथमिकता दिएको समेत जानकारी दिए । उनले सोही अवसरमा श्री ४ नं. बाहिनीका बाहिनीपति नवोदीत शमशेर राणाद्धारा लीखीत श्री न चारवाहीनी अडडाको इतिहास पुस्तकको समेत विमोचन गरेका थिए ।
उनले सेना कल्याणकारी वोर्डबाट भुपु सैनिक परिवारको स्वरोजगारका लागि प्राप्त रकम विभिन्न व्यक्तिहरुलाई प्रदान गरे । विभिन्न जिल्लाको संस्कृति झल्कीने झाँकी प्रस्तुत गरिएको सो अवसरमा प्रमाण पत्र, पुरस्कार र व्हील चियर समेत प्रदान गरिएको थियो ।
वोर्डका प्रमुख कार्यकारी अधिकृत चित्र बहादुर गुरुगद्धारा स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले सहभागिसँग सामुहिक छलफल गर्नुका साथै स्वास्थ्य शिविरको निरिक्षण समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तस्वीरमा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन (मध्यपश्चिमाञ्चल)– २०७३

२५ चैत्र २०७३, शुक्रबार १९:००
नेपाली सेनाले शुक्रबार नेपालगन्जको राँझा व्यारेकमा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन मध्यपश्चिमाञ्चल–२०७३ मा भएका गतिविधि । तस्वीर रुद्र/सदरलाइन