विद्यालय भर्नाको सूचनासंगै विद्यालयले भारतीय बजारबाट पोषाक खरिद गर्न लगायो

२२ चैत्र २०७३, मंगलवार १८:५०
 

रुद्र सुवेदी/सदरलाइन  
२२ चैत नेपालगन्ज : बाँकेमा निजि क्षेत्रबाट सञ्चालनमा रहेका विद्यालयहरुले विद्यार्थीको पोषाक समेतमा अभिभावकबाट असुली गर्ने गरेको पाईएको छ । नयाँ शैक्षिक सत्रमा भर्ना खुलेको जानकारी पत्रमा विद्यालयले पोषाक लिने पसल नै तोकेर अभिभावककहाँ पठाएपछि सो कुराको पुष्टि भएको हो ।
नेपालगन्जको सल्यानी बंगला नजिकै रहेको गोल्डेन एबिसि एकेडमी हाईस्कुलले अभिभावकलाई विद्यार्थी मार्फत पठाएको पर्चामा विद्यार्थीको पोषाक भारतीय बजार रुपैडिहाको अग्रवाल ड्रेसेजबाट लिन सूचित गरेको छ ।
बाँकेमा सञ्चालन रहेका केही ठूला र नाम चलेका निजि क्षेत्रबाट सञ्चालनमा रहेका विद्यालयले रुपैडिहाको अग्रवाल ड्रेसेजबाट पोषाक, शिशा कलम, रवर, कापी, विद्यालयको झोला, लगायतका सामाग्री खरिद गर्न लगाउदै विद्यालय मै सो को विल बुझाउनु पर्ने बाध्यता बनाएका छन् ।
‘आज विद्यालयको अन्तिम दिन थियो विद्यालय छुट्टी भएर बच्चा घरमा आउदा विद्यालयले पठाएको यो पर्चा पठाएको रहेछ’– परिचय नखुलाउने सर्तमा एक अभिभावकले भने–‘विद्यालयले हामी अभिभावक माथि चरम शोषण गर्ने भयो । किताव त नेपालकै पसलबाट लिनु भनेर पसल तोकेको छ । तर, पोषाक भने भारतीय बजारबाट ल्याउनु पर्ने ।’
उनले सो विद्यालयले पानी, विद्युत, सरसफाईको महिना–महिनामा सयदेखि डेढसयसम्म, कम्प्युटरको ३ सयसम्म र परिक्षाको वर्षमा ४ पटक गराउने एक पटकको ५ सय लिने गरेको गुनासो गर्दै भने–‘जिल्ला शिक्षाले परीक्षा बापत वर्षमा एकपटक ५ सयमात्र र शिक्षण शुल्क त्यो बाहेक अन्य शुल्क लिन नपाईने भने पनि विद्यालयले यो या त्यो बाहानमा हामीबाट असुलेको असुल्यै छ ।’
ति अभिभावकले नेपालगन्जमा नै गुणस्तरीय पोषाक पाईने हुँदा हुँदै पनि विद्यालय सञ्चालकले कमिशनको कारण अभिभावकलाई दोहोरो आर्थिक मारमा पारेको समेत आरोप लगाए । विद्यालयले जारी गरेको सार्वजनिक पर्चाको तेस्रो बुँदामा साथी बुक्स एण्ड स्टेशनरी साहावा नेपालगन्ज र चौथो बुँदामा विद्यालयको ड्रेस अग्रवाल ड्रेसेज रुपैडिहाबाट लिने कुरा उल्लेख गरिएको छ । गोल्डेन एविसी त्यहि विद्यालय हो स्र्कट नलगाई विद्यालयले तोकेको कलर कै कुर्ता सुरवाल लगाएर विद्यालय गएका छात्राहरुलाई विद्यालयले घरफिर्ता गरेको थियो ।
नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष तथा बाँके जिल्ला अध्यक्ष बसन्त लामिछानेले नयाँ शैक्षिक सत्रको भर्ना खोल्नु अघि नै निजि विद्यालयका प्रतिनिधि, जिल्ला शिक्षा कार्यालयको रोहबरमा पाठ्य पुस्तक व्यावसायी र अभिभावक संघले ध्यानाकर्षण गराएको बताए ।
उनले भने–‘रुपैडिहाबाट ड्रेस र अन्य मेटेरियल कापी डटपेन जस्ता सामाग्री किन्नको लागि सिफारिस नगर्न आग्रह गरेका छौ । हामीले नेपालगन्जमा नै गुणस्तरीय र सस्तो दररेटमा सबैचिज उपलब्ध गराउन सक्छौ भनेका छौ अटेरी भए त्यस्ता विद्यालय बिरुद्ध लाग्ने छौ ।’ उनले विद्यालयले पसल तोक्ने भन्दा पनि किताबको लिस्ट सार्वजनिक गर्नु प¥यो भन्दा विद्यालय सञ्चालकले हुन्छ भन्ने तर कार्यान्वयन नगर्ने गुनासो व्यक्त गरे ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्यले नेपालमा विद्यालय सञ्चालन गर्ने र भारतीय व्यावसायीको हितमा काम गर्ने त्यस्ता विद्यालयलाई राज्यको विभिन्न निकायले कारवाहीको दायरामा राखनु पर्ने बताए । उनले भने–‘भारतीय बजार रुपैडिहाबाट ड्रेस र अन्य सामान ल्याउन आधिकारिक रुपमै अभिभावकलाई दवाव दिने विद्यालयलाई कारवाही गरिनु पर्छ र सम्बन्धित निकायले कडाई गर्न आग्रह गर्दछु ।’
उनले अघि थपे–‘ केही निजि विद्यालयहरुले आफ्नो स्वार्थको लागि रुपैडिहामा महंगो बट्टा तिरेर भारतीय रुपैयामा खरिद गर्न लगाउने गरेका छन् हामी संघको तर्फबाट त्यस्तो कार्यको घोर निन्दा र र्भत्सना गछौ साथै संम्बन्धित निकायले त्यस्ता उपर कारवाहीको पहल गरोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोक्ष र यशका लागि नेपालगन्जको बागेश्वरी मन्दिरमा यसरी छेडियो जिब्रो (फोटो फीचर)

२२ चैत्र २०७३, मंगलवार १८:५०
रुद्र सुवेदी / सदरलाइन           २३ चैत, नेपालगन्ज : हिन्दू समुदायको दोस्रो ठूलो पर्व चैते दशैको अन्तिमदिन रामनवमीमा नेपालगन्जको बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्दा यश र मोक्ष प्राप्त हुने मान्यतामा वर्षौदेखि जिब्रो छेडेर दर्शन गर्ने चलन चलि आएको छ […]