दाजुले पैत्रिक सम्पत्ती नदिन नागरिकता मै कृर्ते गरेको आरोप

२० चैत्र २०७३, आईतवार ०९:१०
 

रुद्र सुवेदी/सदरलाइन      
२० चैत, नेपालगन्ज : अंश मुद्दामा सरकारी टापछाप कृर्ते जालसाझी मुद्दाको निबेदन बोकेर विभिन्न कार्यालय धाउन थालेको ५ वर्ष बढी पुग्दा पनि न्याय पाउन त परै जावस सामान्य सुनवाई समेत नभएको पाईएको छ ।
नेपालगन्ज–१ धम्बोझीका ४४ वर्षिय मो. उस्मान हल्वाईले आफ्नै दाजु फारुख हल्वाईले आफुलाई पैत्रिक सम्पत्तिबाट बञ्चित गर्ने उदेश्यले नागरिकता नै कृत्य गरेको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको नागरिकताको ढड्डा र फारुकको नागरिकतामा भएको बाबुको नाम फरक पारेर आफुलाई पैत्रिक सम्पत्तिबाट बेदखल पार्न खोजेको दावी गरे ।
मो. उस्मानले जिल्ला प्रशासन कार्यालय बाँकेबाट मिति २०३८ असोज ८ मा फारुक हल्वाईको जन्मसिद्धको आधारमा जारी भएको नागरिकता नं.२९१४२ मा बाबुको नाम मो. सफिक हल्वाई रहेको छ भने फारुकको नागरिकतामा बाबुको नाम मोहमद सदिक हल्वाई रहेकोले फारुकले आफु बिरुद्ध जालसाझि गरी पैत्रिक सम्पत्तीबाट बेदखल गरेको दाबी गरे ।
उनले भने–‘ वितेका ५ वर्षदेखि दाजुको नागरिकाताको बारेमा सरकारी टापछाप कृर्ते जालसाझि मुद्दा बोकेर विभिन्न कार्यालय धाउदै गरेको छु तर, कतैबाट न्याय पाउन सकिन ।’ पातलो जिउडाल तिलचामले कपाल भएका उस्मानको नेपालगन्ज–गुलरिया सडक खण्डमा धम्बोझि चोकदेखि ५ सय मिटर पश्चिममा भत्कनै लागेको ३ धुरमा बनेको जिर्ण अवस्थाको घर छ, त्यसैमा उनका बुढाबुढी २ छोरी एक छोरा बस्दै आएका छन् ।


‘पैत्रिक सम्पत्तिको नाममा रहेको जिर्ण घर छ । आमा र मेरो नाउमा छ । आमा पनि दाजु कै घरमा बस्नुहुन्छ । छ वर्षदेखि न बिजुली छ न मर्मत नै गर्न पाएको छु त्यसैमा गुजारा चलाई रहेको छु’–अनुहार मलिन बनाउदै भने । उनले त्यो घर पनि बेच भन्दै पूर्व प्रहरी समेत रहेका बलराम सोनार नाम गरेको व्यक्तिले दाजु फारुखसंग मिलेर बारम्बार धम्काउने गरेको आरोप लगाए ।
उनले आफु बस्दै आएको घर कृषि विकास बैंकमा ऋण धितोमा रहेको ऋण चुक्ता गरे पनि फुकुवा नलिएको कारण दाजुले घर कब्जा गर्न नसकेको बताए । ‘विजुली त दाईले नै कटाई दिएको हो घर पनि बेच भनेर दबाब दिई रहेको छ’–उनले भने ।
‘म संग भएका सबै प्रमाण बोकेर धेरै ठाँउमा धाए तर, मेरो कतै सुनवाई भएन कहाँ जाउ कसलाई भनु अब त निरास भै सके’–उनले सुस्केरा हल्दै भने । सामान्य पाउरोटी बेचेर गुजारा चलाउदै आएका उनले अलिकती फुर्सद पाउने बित्तिकै प्रहरी कार्यालय जिल्ला प्रशासन कार्यालय लगायतका अड्डाहरुमा न्यायको लागि भौतारिने गरेका छन् ।
उनले २०७० फागुन २९ गते जिल्ला प्रहरीमा दाजुले सरकारी कागजात कृर्ते गरेको भनेर ढड्डको फोटोकपी र आवश्यक प्रमाण सहित निबेदन दिएको भए पनि कुनै सुनुवाई नभएको गुनासो गरे ।
यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले पुरानो मुद्दा भएकोले आफुलाई सो बारे जानकारी नभएको बताए । उनले आफुले मुद्दाको बारेमा बुझेर मात्र कारवाही अगाडि बढाउने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा यसरी मनाईयो सहकारी दिवस (फोटोकथा सहित)

२० चैत्र २०७३, आईतवार ०९:१०
सदरलाइनडटकम  २० चैत, नेपालगन्ज : बाँकेमा ६० औ राष्ट्रिय सहकारी दिवश साता व्यापीरुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । जिल्ला सहकारी संघ बाँके, सरकारी प्रशिक्षण तथा डिभिजनल कार्यालय बाँके, राष्ट्रिय सहकारी विकास बैंकलगायतको सहकार्यमा साताव्यापी विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मानईएको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष पे्रेम सुवेदीले […]

सम्बन्धित