बाँकेमा एम्बुलेन्सको दुरुपयोग बढ्यो

१९ चैत्र २०७३, शनिबार १३:१४
 

सदरलाइनडटकम 
१९ चैत नेपालगन्ज : विभिन्न सामाजिक संस्थाले परोपकारी कार्यको लागि बाँकेमा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकोमा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् । एम्बुलेन्स सेवाको नाममा तस्करीका साथै विरामी नै बेचेर कमिशन लिने गरेको सम्म घटना सार्वजनिक भएपछि सेवाभावले नै एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएकाहरु चिन्तित बनेका हुन ।
बाँकेमा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हुन नसकेको, जथाभावी शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने गरेको, एम्बुलेन्समा यात्रु राखिने गरेको, गैर कानूनी सामान समेत राखेर वसारपसर गरेकोलगायतका गुनासो सेवाग्राहीको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके, शाख प्रमुख निरजञ्ना मल्लले एम्बुलेन्सको व्यापक दुरुपयोग बढेको स्वीकार्दै त्यसको सुधारका लागि सरकारले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने र एम्बुलेन्स सञ्चालकमा पनि व्यावसायिक इमान्दारिता हुनुपर्ने बताईन ।
उनले एम्बुलेन्स सेवालाई व्यवस्थित रुपमा निर्देशिका अनुरुप सञ्चालन गराउने जिम्मा लिएको जिल्ला एम्बुलेन्स सेवा समितिको भूमिका पनि अपेक्षाकृत हुन नसकेकाले पनि दुरुपयोग बढ्नुको प्रमुख कारण रहेको दावी गरिन ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सदस्य सचिव, जिल्ला रेडक्रस, जिल्ला प्रहरी कार्यालय र भेरी अञ्चल अस्पतालका प्रतिनिधि सदस्य रहेको सो समितिले एम्बुलेन्स सेवा प्रदायकसँग बेलाबेला अन्तरक्रिया तथा छलफल गर्नुबाहेक दुरुपयोग नियन्त्रणका लागि ठोस काम भने गर्न नसकेको गुनासो आएको छ ।
दुईदिन अघि मात्र सशस्त्र प्रहरीको गस्ती टोलीले परस्पुर चोकबाट भन्सार छलेको १९८ थान साडी लेहंगा सहित एम्बुलेन्स र त्यसमा रहेका दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यादी प्रहरीमा छनौटका क्रममा एकको मृत्यु

१९ चैत्र २०७३, शनिबार १३:१४
सदरलाइनडटकम   १९ चैत नेपालगन्ज : मध्यपश्चिम प्रहरी तालिम केन्द्र नेपालगन्जमा आगामी बैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा सुरक्षार्थ खटिने म्यादी प्रहरीमा भर्ना छनौटका क्रममा रहेका एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार बाँके बैजापुर–१ का २९ […]