रिपोर्टर्स क्लब नेपाल क्यानडा शाखा स्थापना, अध्यक्षमा गौतम

१७ चैत्र २०७३, बिहीबार १७:२२
 

सदरलाइनडटकम  
१७ चैत, टोरोन्टो, क्यानडा  : रिपोर्टर्स क्लब नेपालको अन्र्तराष्ट्रिय शाखा क्यानडाको टोरोन्टोमा आज भव्य कार्यक्रमका साथ उद्धघाट्न भएको छ । क्लबको स्थापना दिवस पारेर १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा क्लबका केन्द्रिय सभापति ऋषि धमलाले क्यानडामा समेत शाखा उद्ध्घाट्न गरेका हुन् । साताव्यापी क्यानडामा भ्रमणमा रहेका पत्रकार ऋषि धमलाले आज क्लबको वार्षिकोत्सवको अवसर पारेर क्यानडा शाखा उद्धघाट्न गर्न पाउनु खुशीको कुरा भएको भन्दै आफू निकै हर्षित रहेको बताए ।
विगत लामो समयदेखि क्यानडामा बस्दै आएका उल्लास गौतमको अध्यक्षमा शाखा गठन भएको छ। त्यस्तै महासचिवमा गोकर्ण लामिछाने, कोषाध्यक्षमा नमुना प्रसाई पौडेल रहेका छन् भने सदस्यहरुमा क्रमशः रमेश थापा, डा. निश्चल पौडेल, किरण घिमिरे रहेका छन्। उपाध्यक्ष भने केही समयपछि नियुक्त गर्ने क्लबका नवनियुक्त अध्यक्ष गौतमले जानकारी दिए।
त्यस्तै प्रमुख सल्लाहकारमा डा. तुलसी धरेल छन् भने सल्लाहकारमा क्रमशः एनआरएनए क्यानडाका अध्यक्ष तुलसी प्रसाद सापकोटा, एन.सि.सि.एसका अध्यक्ष गोपाल भण्डारी, सदर्शन गौतम, लायन्स क्लबका प्रेसिडेन्ट हरि शिवाकोटी, विष्णु अर्याल, मित्र काफ्ले, गीता गौतम भेटुवाल, भरत गौतम, नारायण घिमिरे र विनोद पौडेल रहेका छन्।
शाखा उद्धघाट्न समारोहलाई सम्बोधन गर्दै क्लबका केन्द्रिय अध्यक्ष ऋषि धमलाले क्यानडा शाखा विस्तार गर्न पाएकोमा आफू निकै खुशी रहेको बताए । उनले भने,“आज रिपोर्टर्स क्लब नेपाल अन्र्तराष्ट्रिय रुपमा समेत स्थापित भएको छ, आज क्लबको स्थापना दिवस पनि हो, हामी १९ वर्ष पुग्यौं, यो शुभ अवसरमा शुभ कार्य गर्न पाईयो, स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हातबाट शुभारम्भ भएको क्लब आज १९ वसन्त पार गर्दा यसले धेरै उतारचढावहरु व्यहारेको छ, प्रगति गरेको छ, कहिल्यैपनि हामी विचलित भएनौं, विधिको शासन, लोकतन्त्रको लागि सँधै लड्दै आएका छौं।”
उनले क्लब सबैको साक्षा मञ्च भएकोले आगामी दिनमा समेत आफ्नो विश्वसनीयतालाई विश्वभर यसैगरि फैलाउने विश्वास दिलाए। धमलाले थपे,“रिपोर्टर्स क्लब नेपाल सबै पत्रकारहरुको साझा फोरम हो, सञ्चारकर्मीहरुलाई एकतावद्ध बनाउने काम हामीले गरिरहेका छौं, पत्रकारिता क्षेत्रमा सबैको मन र मस्तिष्कमा हामी बस्न सकेका छौं।” उनले क्लबको १९ औं वार्षिकोत्सव यही चैत्र २६ गते विशेष रुपमा मनाउने समेत जानकारी दिए ।
उनले क्लब लोकतन्त्र, विधिको शासन, कानुनी राज्य, आर्थिक विकासको लागि साझा फोरम बनेको र तीन करोड नेपालीहरुको मन र मस्तिष्कमा बस्न सफल भएसँग आगामी दिनमा समेत आफूहरुले देश र जनताको पक्षमा काम गर्ने वचन दिए ।
धमलाले क्लबको स्थापना दिवसको अवसरमा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कार राशी सहित सम्मान गर्ने समेत जनाए । उक्त कार्यक्रममा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधिशदेखि मुलुकका सबै शीर्ष राजनीतिज्ञहरुको उपस्थिति रहने उनले बताए । क्लबले निर्वाचनको लागि सबै दलहरुलाई विशेष दबाब दिने समेत जनाए।
त्यस्तै धमलाले आगामी दिनमा क्यानडा शाखाले नेपाल र क्यानडावीचको सम्बन्धलाई सुमधुर बनाउनको लागि विशेष भूमिका निर्वाह गर्ने समेत विश्वास लिए । उनले आगामी दिनमा समेत क्लबको शाखा यसैगरि अन्य देशमा समेत उद्धघाट्न हुने बताए।
धमलाले क्यानडामा हजारौंको संख्यामा नेपालीहरु बस्ने भएकोले अब क्यानडाको भिसा समेत नेपालबाटै इस्यु गर्नेगरि नेपालमा क्यानेडेली दुतावास खोल्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
नवनियुक्त अध्यक्ष उल्लास गौतमले पनि क्लबमा क्यानडामा रहेका नेपालीहरुको समस्या समाधान गर्ने र नेपाल क्यानडावीचको द्धिपक्षीय सम्बन्धलाई थप मजबुद बनाउनेगरि आफूले काम गर्ने विश्वास दिलाए ।
उनले भने,“क्यानडामा रहेका नेपालीहरुको समस्या समाधान गर्नेगरि हामी यही क्लबको फोरममार्फत बृहत्त अन्तरक्रिया गर्नेछौं, हामी सबै मिलेर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।”
त्यस्तै क्लबका प्रमुख सल्लाहकार समेत रहेका प्रा.डा. तुलसी धरेलले रिपोर्टर्स क्लब क्यानडामा समेत गठन भएको देख्न पाउँदा आफूलाई निकै खुशी लागेको भन्दै बधाई तथा शुभकामना दिए । उनले क्लबका केन्द्रिय अध्यक्ष ऋषि धमलाको गतिशिलता, लगनशील, क्षमता र मुलुकप्रतिको जिम्मेवारीबोधको खुलेरै प्रशंसा गरे।
उनले रिपोर्टर्स क्लब क्यानडा शाखालाई समेत आगामी दिनमा केन्द्रिय अध्यक्ष धमलाले जुन रफ्तारमा सञ्चालन गरेका छन्, त्यही रफ्तारमा सञ्चालन गराउनको लागि आफ्नो ठाउँमा सक्दो सहयोग गर्ने वचन दिए ।
त्यस्तै एनआरएनए क्यानडाका अध्यक्ष तुलसी प्रसाद सापकोटाले समेत बधाई तथा शुभकामना दिए। उनले क्यानडामा क्लबको आवश्यकत्ता रहेको महशुस आफूहरुले पहिल्यैदेखि नै गर्देआएको बताउँदै ढिलै भएपनि उक्त चाहना आज आएर पूरा भएको बताए।
क्लबको १९ औं वार्षिकोत्सव केक काटेर मनाईयो
यसैवीच क्लबको १९ औं वार्षिकोत्सव क्यानडामा रहेका नेपालीहरुको माझ केक काटेर मनाईएको छ। क्लबका केन्द्रिय अध्यक्ष धमलाले केक काटेर वार्षिकोत्सव मनाए ।कार्यक्रममा क्यानडामा रहेका ख्याँतिप्राप्त नेपाली व्यवसायीहरु, समाजसेवी, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एम्बुलेन्समा तस्करीको सामान भेटिएपछि ...

१७ चैत्र २०७३, बिहीबार १७:२२
सदरलाइन / रुद्र सुवेदी    १७ चैत, नेपालगन्ज  : सामान्यतया एम्बुलेन्समा विरामी ओसार पसार गरिन्छ भन्ने आम मानिसलाई जानकारी छ । तर, नेपालगन्जमा एक एम्बुलेन्स विरामीको साटो तस्करीको सामान सहित प्रहरीको फन्दामा परेको छ । सशस्त्र प्रहरीको गस्तीटोलीले बिरामी बोक्ने एम्बुलेन्समा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको साडी र लेहंगासहित दुई […]