टोल पढाई समुहमा बिदाका दिन पढाई हुँदा विद्यार्थीको पढाई सिपबृद्धि

१६ चैत्र २०७३, बुधबार १६:४५
 

सदरलाइनडटकम  
१६ चैत , नेपालगन्ज : बालबालिकाको सिकाई क्षमता विकासको लागि सञ्चालनमा ल्याईएको टोल पढाई समुहमा विद्यालय बिदाको दिन शनिवारसहित अन्य बिदाको दिनपनि कक्षा सञ्चालन गर्ने गरिएको छ । यस्तो कक्षामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीको सहभागिता रहेको छ ।
बाँकेमा गठन गरिएका ६ सय ७८ वटा टोल पढाई समुहमा शनिवार र अन्य विद्यालयका दिनमा बालबालिकाहरुले गएर पढाई शुरु गरेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ । सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकाको पढाई सिप बढाउने उद्देश्यले बाँकेमा ६ सय ७८ वटा टोल पढाई समुह गठन गरिएको कार्यालयले जनाएको छ ।
बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले शिक्षण सिकाई समुहमा आवद्ध भएका बालबालिकाहरुले विदाको दिन वा कक्षा सकिए पछि बालबालिकाको सहभागिता पनि उत्साहजनक देखिएको बताए ।
सहायक जिल्ला शिक्षा अधिकारी थापाका अनुसार बालबालिकाको पढाई सिप निकै कमजोर देखिएपछि सो मा सुधार ल्याउनको लागि शुरु गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत गठन गरिएका टोल पढाई समुहमा बिदाका दिन पढाई शुरु गरिएको हो ।
शनिवार लगायत अन्य विदाका दिन दिनभरी खेलेर बिताउने बालबालिकाहरु अहिले टोल पढाई समुहमा आएर रमाई रमाई पढ्न थालेको राप्ती सोनारी गाउँ पालिका–५ आलिनगर टोल पढाई समुहका संयोजक मैती खड्काले बताईन । उनले टोल पढाई समुहगठन पछि बालबालिकाको पढ्ने बानीमा समेत सुधार हुन थालेको दावी गरिन ।



यस्तै राप्ती सोनारी गाउँपालिका कै चाचरफर्कास्थित बालकशान्ति प्राविको सुनटेपरी टोल पढाई समुहका संयोजक राजकुमारी थारुले टोल पढाई समुहमा हरेक शनिवार र अन्य विदाको दिनमा पनि २० देखि २५ जना बालबालिकाहरु आएर २ घण्टा भन्दाबढी पढ्ने र खेल्ने गरेको जानकारी दिईन ।
टोल पढाई समुह गठन पश्चात अभिभावकले पनि बालबालिकाको पढाईका ध्यान दिन थालेको र बालबालिकाले पनि शनिवार मन लगाएर पढ्न थालेको राप्ती सोनारी गाउँँपालिका–४ बैजापुर जनभावना प्राविको माहुटोल पढाई समुहका संयोजक सुन्दर कली थारुको भनाई छ । ‘शुरुमा घरघरमा गएर बालबालिकालाई बोलाउनु परेपनि अहिले आफै सबै आउन थालेका छन् । बोलाउन जान पर्दैन्’–उनले भनिन् ।
पढाई सिपमा सुधारका लागि टोल पढाई समुहहरुले स्थानीय पढाई सामाग्री समेत निर्माण गर्ने गरेका छन् । जसले गर्दा पढाइमा निकै सहजता भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बालबालिकाहरुको पढाई तथा सिकाईलाई प्रोत्साहित गर्ने उदेश्यले हाल स्थानीय रुपमा सबै टोल पढाई समुहहरुमा विदाका दिन निरन्तर पढाई भैरहेको र त्यसको अनुगमन समेत गरि रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए । युएसएडको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका ३ सय ५९ वटा विद्यालय र मदरसामा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निकुञ्ज छेउछाउका बस्तीमा खेती जोगाउन रातभर जाग्राम

१६ चैत्र २०७३, बुधबार १६:४५
रुद्र सुवेदी/सदरलाइन  १७ चैत,नेपालगन्ज : हिउँदे खेती भित्र्याउने बेलामा निकुञ्जबाट आएका जंगली जनावरले खेती नोक्सानी गर्न थालेपछि निकुञ्ज छेउछाउका बस्तीमा रातभर जाग्राम बस्न बाध्य हुनु परेको छ । बाके राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तुले चिसापानी, कोहलपुर, महादेवपुरी, कचनापुर, खासकुस्माका निकुञ्ज छेउछाउका सर्वसाधारणले लगाएको खेतीबाली सखाप पार्न थालेपछि बालि जोगाउन सो ठाँउका […]