वौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने एमाले सांसद फुयालको माग

१६ चैत्र २०७३, बुधबार १६:१५
 

सदरलाइनडटकम  
१६ चैत्र, काठमाडौं : एमाले सांसद रामेश्वर फूँयालले वौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नुपर्ने माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा काठमाडौ क्षेत्र नं. ३ का जनप्रतिनिधि सहित सांसद फूयालले आयोजना गरेको अन्तक्रियामा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
एमालेका नेता समेत रहेका फुयालले पशुपति क्षेत्री विकास कोषको स्थापना जस्तै वौद्धनाथ विकास कोषको स्थापना गर्नुुपर्ने माग गरे ।
उनले भने,‘पशुपति क्षेत्रका विकासको अधिकार जस्तै यस वौद्धनाथ विकास कोषको स्थापना गरिनुुपर्छ, र प्रत्येक वर्षको चैत्र पुर्णिमाको दिन सरकारको तर्फबाट कार्यकारी प्रतिनिधिको उपस्थित हुनुपर्छ।’
राष्ट्रिय पर्व वौद्ध तेमाल जात्राको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्नको लागि सरकारले व्यवस्था गर्नुपर्ने बताउदै सांसद फुयालले भने, ‘त्यस्तै हामी अन्तराष्ट्रिय वौद्ध परिपथ बुद्धको जन्मथलो लुम्बिनी र ऐतिहासिक धार्मीक स्थलहरू स्वयम्भु, जामाचो, वौद्धनाथ, मणिचुड, नववुद्ध, हलेसि, पालुङ, हेलम्ब, फर्पिङसँगै भारतको बोधगया र अफगानस्तानको बामियान जोडेर अन्तर्राष्ट्रिय परिपथको निमार्ण गर्न र काँशि–पशुपति,उत्तरगया गोकर्णेश्वर, शिवपुरी, सुन्दरीमाई, कागेश्वरीधाम, बज्रयोगीनी, रामजानकी मन्दीर गागल, नवतनधाम जोडेर अन्तर्राष्ट्रिय पशुपति परिपथ निमार्ण गर्नको लागि पनि सकारले ध्यान दिनुपर्छ।’
उनले अघि थपे,‘यस्ता कार्य सरकारले गरेको खण्डमा धार्मीक र पर्यटनको माध्यमबाट आगामी १० बर्ष भित्र ५० लाख ५० लाख गरि १ करोड जनशक्तिले रोजगारी पाउछन्, यो सम्भव छ, हामी यही योजनामा लागि रहेका छौँ, गरे सब हुन्छ भन्ने मान्यताबाट अघि बढेका छौँ।’
त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मानवशास्त्री डा. मुक्तिसिंह लामाले वौद्ध तेमाल जात्रा नेपालको सबै भन्दा ठुलो जात्रा भएकोमा जोड दिदै भने,‘नेपालका अन्य जात्रा भन्दा यो निक्कै ठुलो जात्रा हो, लुम्बिनी पछिको वौद्ध स्तुपा पर्छ, चैत्र पूर्णिमाको दिनमा यो जात्रा बनाउनुको एउटै ऐतिहासिकता, बुद्धको जन्म, ज्ञान निर्वाण र परिनिर्वाण भएको दिन भएकाले यस दिनको महत्व छ।’
कार्यक्रममा तामाङ् वौद्ध महासंघका सचिव टेकराज मोक्तान सुन्दरगुञ्जन तामाङ लगायतले यस जात्राको बारेमा आफ्ना कुरा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टोल पढाई समुहमा बिदाका दिन पढाई हुँदा विद्यार्थीको पढाई सिपबृद्धि

१६ चैत्र २०७३, बुधबार १६:१५
सदरलाइनडटकम   १६ चैत , नेपालगन्ज : बालबालिकाको सिकाई क्षमता विकासको लागि सञ्चालनमा ल्याईएको टोल पढाई समुहमा विद्यालय बिदाको दिन शनिवारसहित अन्य बिदाको दिनपनि कक्षा सञ्चालन गर्ने गरिएको छ । यस्तो कक्षामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीको सहभागिता रहेको छ । बाँकेमा गठन गरिएका ६ सय ७८ वटा टोल पढाई […]