लैङ्गिक हिसाबाट पीडित तथा प्रभावितहरुका लागि नेपालगन्जमा रक्तदान

१५ चैत्र २०७३, मंगलवार १९:०६
 

सपना विष्ट/सदरलाइन
 
१५ चैत, नेपालगन्ज : माईती नेपालको स्थापना दिवसको अवसर पारेर लैङ्गिक हिसाबाट पीडित तथा प्रभावितहरुका लागि नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ ।
माइती नेपालको २५ औं स्थापना दिवसको अवसरमा मंगलबार नेपालगन्जको भेरी अञ्चल अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त रञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो ।
माइती नेपाल नेपालगन्जको आयोजना तथा नेपाल पर्यटन पत्रकार संघ बाँके, महिला तथा बालबालिका कार्यालय, अभियान नेपाल र बासको समन्वयनमा रक्तदान कार्यक्रम गरिएको माईति नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले जानकारी दिए ।
लैङ्गिक हिसांबाट पीडित तथा प्रभावित महिला र बालबालिकाहरुले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्वेश्यले रक्तदान कार्यक्रम गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले जानकारी बताए । हिसां पीडितहरुलाई नै लक्षित गरेर रक्तदान कार्यक्रम गरेको सम्भवत पहिलो भएको कोइरालाको दावी छ । रक्तदान कार्यक्रममा पत्रकार, अधिकारकर्मी, विद्यार्थी, शिक्षक, लगायत ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण सफल : प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार

१५ चैत्र २०७३, मंगलवार १९:०६
सद्भाव अभिवृद्धि गर्ने हदमा चीन भ्रमण सफल : पूर्वराजदुत कार्की  सदरलाइनडटकम     १५ चैत, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. अधिकारीले भने,‘प्रधानमन्त्रीजीको चीन भ्रमण पूर्ण रुपमा […]

सम्बन्धित