नेपालगन्ज उप–महानगरपालिकामा समयानुकुल जनशक्ति नहुँदा कार्य सम्पादनमा चुनौती

४ चैत्र २०७३, शुक्रबार १९:२५
 

सदरलाइनडटकम   
४ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका नगर कार्यपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद चापागाईले नगरलाई व्यवस्थित गर्नको लागि समयानूकुल जनशक्ति नभएको गुनासो गरेका छन् । कार्यक्षेत्रमा भर्खरै आएका कार्यकारी प्रमुख चापागाईले नगर कार्यपालिकामा नै आयोजित पत्रकार भेटका आवसरमा बढ्दो शहरीकरण र नयाँ–नयाँ सुशासनका कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्ति नहुँदा दैनिक सेवा प्रवाहमा समेत कठिनाई भोग्नु परेको दुखेसो पोखे ।
उनले आफुले नेपालगन्ज उप–महानगरपालिकाको सबै २३ वटै वडा कार्यालय स्थापना गर्नको लागि चुनौती भएको बताउदै उनले भने–‘पुरानो १७ वडाका वडा कार्यालय नै नभएकोले वडा कार्यालय स्थापना गर्न चुनौती देखिएको छ । तत्कालको लागि भाडा मै भए पनि वडा कार्यालय सञ्चालनमा ल्याउने तयारीमा रहेका छौ ।’
उनले नेपालगन्ज उप–महानगरपालिकाको लागि फोहर व्यवस्थापन र अतिक्रमण हटाउनको लागि आवश्यक जनशक्तिको अभावमा कठिन भएकोले आफ्नो पहिलो दायित्व फोहर व्यवस्थपनको लागि सो शाखामा कार्यरत ९५ जनालाई विषेश पोषाक सहित कार्यक्षेत्रमा खटाउने गरी तयारीमा रहेको जानकारी दिए ।
उनले भने–‘फोहर व्यवस्थापनको लागि संबन्धित फाँटमा कार्यरत सबैलाई तोकिएको कार्यक्षेत्रमा तोकिएको पोषाकमा नै खटाउने र अतिक्रण हटाउनको लागि नगरपालिकामा रहेको निरीक्षण विभागलाई चुस्त दुरुस्त बनाउने तयारीमा रहेका छौ ।’ उनले निरिक्षण विभाग र सरसफाई विभाग चुस्त दुरुस्त नहुँदा ओडिएफ कार्यकम प्रभावित भएको बताए । नेपालगन्ज उपमहानगरपालिकाका १० वटा वडा अझै खुलादिशामुक्त हुन सकेका छैनन ।
उनले चालु आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने गरी छनौटमा परेका १ सय ८४ योजनाहरु कार्यान्वयन गरी समयमै कार्य सम्पादन गर्नको लागि आफुले सबन्धित निकायलाई निर्देशन दिई सकेको बताए । यसैगरी सामाजिक क्षेका विभिन्न १ सय ९१ योजनालाई सम्पन्न गराउनको लागि विभिन्न १५ संस्थालाई छनौटमा पारेर कार्यान्वयनको पाटोमा रहेका जानकारी दिए ।
उनले उप–महानगरपालिकाले लक्ष अनुसारको कर उठाउन नसकेको बताए । चालु आर्थिक वर्षमा उठ्नु पर्ने कर राजस्व ५ करोड भए पनि फागुन मसान्तसम्म १ करोड ६४ लाख मात्र कर उठाएको बताए । उनले भने–‘चालु आर्थिक वर्षमा ५ करोड कर उठाउने लक्ष लिएकोमा करदातालाई कर तिर्ने बातावरण बनाउने गरी नयाँ योजना ल्याउने प्रयत्न गर्ने छु ।’ नेपालगन्ज उप–महानगरपालिकाले एकीकृत कर,नक्सा पास दस्तुर कर, विज्ञापन कर, व्यावसाय कर, घर बाहाल कर गरी विभिन्न ५ प्रकारका कर उठाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कवि भटराई र निरौलाको विशेष रचना वाचन, कथाकार शाह सम्मानित

४ चैत्र २०७३, शुक्रबार १९:२५
सदरलाइनडटकम/निशु जोशी    ४ चैत, नेपालगन्ज  : कवि प्रदिप भटराई र गजलकार तथा गायीका देवकि निरौलाको विशेष रचना वाचन नेपालगन्जका युवा साहित्यकारको समुह सहयात्रा समुहद्वारा बाँकेको कोहोलपुरमा सम्पन्न भएको छ । कोहलपुरको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा शुक्रबार आयोजित सहयात्रा रचना वाचन श्रृंखला–५ मा कवि भटराई र गजलकार तथा गायीका निरौलाले […]

सम्बन्धित