बाँकेमा हात्तिपाईले विरुद्धको अभियानको तयारी सकियो

४ चैत्र २०७३, शुक्रबार १९:१४
 

सदरलाइनडटकम    
४ चैत, नेपालगन्ज  : बाँकेमा हात्तिपाईले विरुद्धको औषधि खुवाउने तयारी पुरा भएको जनाएको छ । जिल्ला जवस्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी जिल्लामा ९ सय २७ वटा बुथबाट शनिबारदेखि औषधि खुवाउने तयारी गरेको जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको हात्तिपाईले रोग निबारण अभियान अन्तरगत शनिबार बुथमा खुवाउने, आईतबार र सोमबार घर–घरमा पुगेर औषधि खुवाउने गरी सम्पूर्ण तयारी पुरा भएको फोकल पर्शन दुर्गा गौतमले जानकारी दिईन ।
बाँकेका १ लाख १२ हजार २ सय ८६ घरधुरीका ५ लाख २३ हजार ९८ जनालाई औषधि खुवाउने लक्ष अनुरुप नेपालगन्ज उप–महानगरपालिकामा ६९ वटा बुथ र गाविसहरुमा ८ सय ५८ औषष्धि खुवाउने बुथ निर्धारण गरिएको उनले बताईन । उनले सो कार्यको लागि ३ सय ४६ स्वास्थ्यकर्मी र २ हजार ३ सय ३ स्वयमसेवक खटाईएको जानकारी दिईन ।
‘औषधि खाएपछि हुन सक्ने कम्प्लीकेशनलाई तत्काल रेस्पोन्स गर्नको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जका साथै भेरी अञ्चल अस्पताललाई तोकिएको छ’–उनले भनिन । बाँकेमा हात्तिपाईले (फाईलेरीया) को अवस्था अत्यन्तै जोखिम युक्त अवस्थामा रहेकोले औषधि खुवाउने कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।
पाँच वर्षसम्म निरन्तर औषधि खुवाएपछि ०७२ माघमा रझेना र नेपालगन्जमा गरिएको ६ सय २४ जाँचमा ९९ जनामा हात्तिपाईलेको जिवाणु रहेको पाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार महिला ५४ जना र पुरुष ४५ जना भेटिएको तथ्याङ्क बाहिर आएको छ । तस्बीर गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरपालिकामा समयानुकुल जनशक्ति नहुँदा कार्य सम्पादनमा चुनौती

४ चैत्र २०७३, शुक्रबार १९:१४
सदरलाइनडटकम    ४ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका नगर कार्यपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद चापागाईले नगरलाई व्यवस्थित गर्नको लागि समयानूकुल जनशक्ति नभएको गुनासो गरेका छन् । कार्यक्षेत्रमा भर्खरै आएका कार्यकारी प्रमुख चापागाईले नगर कार्यपालिकामा नै आयोजित पत्रकार भेटका आवसरमा बढ्दो शहरीकरण र नयाँ–नयाँ सुशासनका कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्ति नहुँदा दैनिक […]