दोस्रो नेपालगन्ज गोल्डकप फुटवल प्रतियोगिताको सुरुवाती खेलमा सुदूरपश्चिम–११ विजयी

२६ फाल्गुन २०७३, बिहीबार १३:४५
 

सदरलाइनडटकम  
२६ फागुन नेपालगन्ज : नेपालगन्जमा विहीवारदेखि शुरु भएको दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा सुदूरपश्चिम–११ ले विजयी यात्रा शुरु गरेको छ ।
उद्घाटन खेलमा दिल्ली युनाइटेड क्लवलाई १–० ले हराउँदै सुदूपश्चिमले विजयी यात्रा शुरु गरेको हो । सार्वाधिक ५ लाख पुरस्कार राशी रहेको सो प्रतियोगितामा ८ वटा टीम सहभागी रहेका छन् ।
नेपालगन्ज रंगशालमा भएको प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हापको २२ औं मिनेटमा सुदूपश्चिम–११ का जर्सी नं २ का खेलाडी एरोनले गरेको गोल नै सुदूरपश्चिमका लागि निर्णायक बन्यो । खेल अवधीभर अन्य गोल नहुँदा सुदूरपश्चिमकोे नेपालगन्ज गोल्ड कपमा विजयी यात्रा शुरु भएको हो ।
सुदूरपश्चिम–११ पहिलो नेपालगन्ज गोल्डकपमा विजेता टीम हो । प्रतियोगितामा सीएमजी संकटा क्लव काठमाडौं, सशस्त्र प्रहरी बल (एपिएफ) क्लव, नेपाल पुलिस क्लव, नेपालगन्ज–११, लक्ष्मी हुण्डाई मनाङ मर्साङ्दी क्लव काठमाडौं र रुपन्देही–११ को सहभागिता रहेको छ ।
प्रतियोगितामा उपविजेता टीमलाई २ लाख ५१ हजार रुपैयाँ पुरस्कार रहेको छ । आज नेपालगन्ज–११ र नेपाल पुलिस क्लव वीच दिउँसो २ बजेदेखि खेल शुरु हुने जनाइएको छ । टुवोर्ग दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले रेफीलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा स्थानीय तहको कार्यान्वयन सुरु सबै गाउपालिकामा प्रमुख तोकियो

२६ फाल्गुन २०७३, बिहीबार १३:४५
सदरलाइनडटकम    २७ फागुन, नेपालगन्ज  : संविधान कार्यान्वयनको लागि राज्यको पुनःसंरचना आयोगले फागुन २७ गतेदेखि लागू हुने गरी तोके अनुसार स्थानीय निकायको सिमांकन र केन्द्रको कार्यान्वयन गर्न सुरु भएको छ । बाँकेमा कायम गरिएका एक उप–महानगरपालिका, एक नगरपालिका र ६ गाउपालिकाको कायम गरिएको केन्द्रमा प्रमुख तोकेर कामअघि बढाईएको छ । […]