रेल्वे र एपीएफ उपाधि नजिक

१७ फाल्गुन २०७३, मंगलवार १४:००
 


सदरलाइनडटकम 
१७ फागुन, नेपालगन्ज : नेपालगन्जमा जारी प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा साबिक बिजेता भारतको रेल्वे र उपबिजेता एपीएफबीच उपाधिका लागि भिड्न्त हुने भएको छ ।
नेपालगंजको कर्भडहलमा मंगलवार भएको पहिलो सेमिफाईनल खेलमा रेल्वेले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराउदा दोश्रो सेमिफाईनलमा एपीएफले पुलिसलाई ३–० कै सोझो सेटमा स्तब्ध बनायो ।
रेल्वले आर्मीलाई पहिलो सेटमा २५–१६ ले पछि पारेको थियो । दोश्रो सेटमा सुधारिएको खेल प्रदर्शन गरेको नेपाल आर्मीले २१–१९ को अग्रता लिए पनि नतिजामा बदल्न सकेन् ।
दोश्रो सेटको अन्तिम समयमा खेलमा फर्कदै रेल्वेले २५–२३ ले नतिजा आफ्नो पक्षमा पार्यो । तेश्रो सेटमा रेल्वेले आर्मीलाई २५–१४ मै रोक्दै उपाधि नजिक पुग्यो ।
दोश्रो सेमिफाईनलमा साबिक उपबिजेता एपीएफले पुलिसलाई २५–१३,२५–७ र २५–२२ को सेटमा स्तब्ध बनायो ।

Next Post

Why I reject Feminism

१७ फाल्गुन २०७३, मंगलवार १४:००
Feminism – I find this word and the statement related to this utterly pathetic. The entire discourse sounds like one is begging for some mercy. In fact being a girl I totally reject the concept of feminism. Sometimes, I ask myself: Why most of the people of the world are […]

सम्बन्धित