मन त परदेशी वन्दै

१७ फाल्गुन २०७३, मंगलवार १३:३७
 

विनोद अधिकारी/सदरलाइन 
१७ फागुन, नेपालगन्ज : वैदेशिक रोजगारीका शिलशिलमा विदेशीने युवाहरुको कथा व्यथालाई समेटेर नयांँ नेपाली चलचित्रको सुटिगं सुरु भएको छ । ‘मन त परदेशी’ नामको सो चलत्रिमा विदेशिएका युवाहरुले विदेशमा भोग्नु परेका समस्याहरुलाई चलचित्रले कथावस्तुको रुपमा प्रस्तुत गर्न खोजेको चलचित्रका निर्देशक देव नेपालले जनाकारी दिए ।
झट्ट नाम सुन्दा वजारमा आईरहका अन्य चलचित्रसंग नाम मिले पनि चलचित्रको कथावस्तु मौलिक रहेको निर्देशक नेपालको भनाई छ । कमेडी, एक्सन अनि लभको समिश्रण रहेको चलचित्र मन त परदेशीको सुटिगं यतिवेला मध्य तथा सुदूरपश्चिमका विभिन्न भागमा भईरहेको छ ।
२ साता कतारमा सुटिगंको काम सक्काएर स्वेदेश फर्किएको फील्म युनिट केहि दिन सुदूर र मध्यपश्चिममा छायाकंन सकेलगत्तै धार्मिक क्षेत्र मनकामनामा फील्मको छायाकंन गर्ने चलचित्रका निर्माता दुर्गा वहादुर खड्का वताउछन् ।
यसअघि धनवान नामको चलचित्रको निर्माण गरीसकेका निर्माता खड्का आफ्नो दोस्रो चलचित्र सफल हुनेमा ढुक्क छन् । चलचित्रमा नायक दिनेशराज पाण्डेको मुख्य भुमिका रहने छ भने नायिका समिता गीरीले उनलाई साथ दिनेछिन् । साथै चलचित्रमा मेरी वास्सै वाट छोटो समयमै चर्चा वटुलेका जट्टाधारीको पनि कमेडि हेर्न पाईने छ ।
बाँके घर भएका निर्माता खड्काले यस क्षेत्रको कला क्षेत्रलाई योगदान पुराउन चलचित्रले मद्दत पुग्ने विश्वास व्यतm गर्दछन् साथै आफ्नो चलचित्रमा स्थानिय कलाकारलाई मौका प्रदान गरीएको उनको दावी छ ।
३ वटा गीत रहने यस चलचित्रमा परदेशि परदेशि वोलको गीत गाएकि वलिउड गायीका अल्का यागनिकको पनि स्वर सुन्न पाईनेछ । असारको पहिलो साता चलचित्र प्रदर्शनमा आउने निर्माता खड्काको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेल्वे र एपीएफ उपाधि नजिक

१७ फाल्गुन २०७३, मंगलवार १३:३७
सदरलाइनडटकम  १७ फागुन, नेपालगन्ज : नेपालगन्जमा जारी प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा साबिक बिजेता भारतको रेल्वे र उपबिजेता एपीएफबीच उपाधिका लागि भिड्न्त हुने भएको छ । नेपालगंजको कर्भडहलमा मंगलवार भएको पहिलो सेमिफाईनल खेलमा रेल्वेले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराउदा दोश्रो सेमिफाईनलमा एपीएफले पुलिसलाई ३–० कै सोझो […]